शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

बुधबार, ०७ माघ २०७७, २० : १३
बुधबार, ०७ माघ २०७७

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन्  । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् ।

उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप