
ADVERTISEMENT
नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ ।
बैंकले माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । शाखाको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले गरेका छन् । साथै शाखा परिसरमा बैंकले एटीएम पनि संचालनमा ल्याएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ