शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम घटनाको काँग्रेसद्वारा भत्र्सना

बुधबार, ०७ माघ २०७७, १८ : ४१
बुधबार, ०७ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसले रुकुम पश्चिम घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सोमबार रुकुम पश्चिममा काँग्रेस र नेकपाका कार्यकर्ताबीच झडक भएको थियो । आठबीसकोट नगरपालिका वडा नं. ९ का काँग्रेस निकट वडाध्यक्ष तारकबहादुर शाहीको समूह र नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं. ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहबीच झडप भएको थियो ।

 नेकपा समूहले सुरक्षाकर्मीको अगाडि नै  काँग्रेस समूहमाथि चक्कु प्रहार गरी गरेको काँग्रेसको आरोप छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक केसी गम्भीर घाइते भएकोले उनीहरुको नेपालगञ्जमा र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भैरहेको काँग्रेसले जनाएको छ ।

घटनामा संलग्न आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न तथा घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग  माग गरेको छ । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेकपालाई काँग्रेसको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप