प्रधानमन्त्री ओली तानाशाह भएः केशव झा
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने बताउँदै उनले न्यायमुर्तिहरुको बहसले आशंका जन्माएको बताए । संसद विघटनविरुद्ध जसपा नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन् गरेका कारण जनतासँग माफी माग्नुपर्ने बताए ।
निर्वाचन आयोगलाई खबरदारी गर्दै उनले असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तैयारीको नाममा राज्यको ढुकुटी रित्याउनतर्फ नलाग्न आग्रह गरे । उनले भने, ‘यसको अर्थ हामी चुनावबाट भागेको वा डराएको अर्थ नलागोस् । अब आउने समयमा मुलुकको पहिलो पार्टी बनेर हामी आउँदैछौं ।’ प्रधानमन्त्री ओलीले कामचलाउ सरकारलाई विस्तार गरेकोप्रति आपत्ति जनाउँदै उनले देशमा समस्यै समस्या निम्त्याएर कसैले प्रश्न नगरोस् भनेर राजा र तानाशाह हुन खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड