ओलीले परराष्ट्रमन्त्रीलाई भारत पठाएर नेपालीको शिर झुकाउने काम गरेः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी तथा काम चलाउ सरकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संरक्षण गरिरहेको टिप्पणी गरेका छन् । ओली नेतृत्वको वर्तमान काम चलाउ सरकारले एकबाट अर्को गल्ती गरिरहेको तर राष्ट्रपति भण्डारीले त्यसको संरक्षण गरिरहेको टिप्पणी गर्दै अध्यक्ष यादवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले भारत पठाएर गर्न नहुने काम गरेको आरोप लगाए ।
‘काम चलाउ सरकारले कुनै सन्धि सम्झौता तथा वार्ता गर्न नमिल्ने कुरा सबैलाई थाह छ’ उनले भने, ‘संसद विघटन गरेर चुनावको घोषणा गर्दा चुनावी सरकार हुन्छ, जसले महत्वपूर्ण कुनै पनि निर्णय गर्न मिल्दैन तर प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत पठाएर नेपालीको शीर झुकाउने काम गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीलाई भारत पठाएर राष्ट्रवादी बन्न खोजेका तर परराष्ट्रमन्त्री ज्ञवालीले धनुष्टङ्कारबाहेक अरु केही गर्न नसकेको उनको दावी थियो । जसपाको आयोजनामा सप्तरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीले नेपालीको शीर झुकाउने काम मात्र गरे ।’ चुनावको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली समूह) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चुनावको समयमा पहाडमा गएर राष्ट्रवादीको नारा लगाएर केही मत बटुलेका थिए तर अहिले उनी आफैं नाङ्गो भएको टिप्पणी यादवले गरे । अहिले पनि उनले भारतको नाममा राष्ट्रवादी नारा दिन चाहेका तर त्यो सफल नभएको उनको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले नेपाल–भारतको सीमा बन्द गरेर मधेशीलाई पीडा दिएको भन्दै अध्यक्ष यादवले भारत र मधेशी बीचको सम्बन्ध विगार्ने प्रयास प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए । भारतमा हुने बिहेबारी र व्यापारलाई रोकेर मधेशलाई आर्थिक, समाजिक र साँस्कृतिक रुपमा समाप्त पर्न खोजेको उनको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन