शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबल : आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेले, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०७ माघ २०७७, १७ : २२
बुधबार, ०७ माघ २०७७

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् ।

  यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छिन् । उनले यु–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।
विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


प्रतियोगितामा पहिलो हुने टोलीले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन् । 
अघिल्लो वर्ष चैत ३ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो। प्रतियोगितामा  बिहीबार पहिलो खेल एन्फा कम्पेक्समा एपिएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप