‘ओली प्रतिगमनकारी मात्र होइनन्, महाप्रतिगमनकारी’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी रहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) (ओली समूह) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि संविधानमा मधेशको अधिकारविना संविधान जारी गरेर प्रतिगमन गरेका थिए भने पछिल्लो समय पुस ५ गते प्रतिगमन गरेको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ ।’
संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेकाले ओलीको पतन एकदमै आवश्यक रहेको बताए ।
संविधान निर्माण गर्नेबेला मधेशीको हत्या गर्ने ओली हत्यारा समेत रहेका भन्दै नेता महतोले मञ्चबाटै केपी ओली मुर्दावाद भनि नारा लगाएका थिए । मधेशका लागि कम्युनिस्ट र काँग्रेस उस्तै–उस्तै पार्टी रहेको भन्दै उनले कम्युनिस्ट र काँग्रेसको विकल्पमा जसपा नेपाल गठन भएको धारणा राखे । उनले भने, ‘मधेशी जनतालाई कम्युनिस्ट र काँग्रेसले विभिन्न लोभमा फँसाउने षड्यन्त्र गरिरहेका छन् त्यसमा कुनै पनि हालतमा फस्नुहुँदेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल