शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु जग्गा कीर्ते प्रकरणमा पक्राउ

बुधबार, ०७ माघ २०७७, १६ : १३
बुधबार, ०७ माघ २०७७

प्रहरीले उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । 
दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ । 

प्रहरीका अनुसार मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप