केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ ।
केन्ट सुप्रीम लाइट
केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ ।
यसमा भएको आर.ओ. + यु.एफ.+ टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १००% शुद्ध र पिउन योग्य बनाउँदछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।
केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतम भन्दा तल खस्दछ । केन्ट सुप्रीम लाइटको बजारको मूल्य रू. २१,९९० रहेको छ ।
केन्ट ग्रान्ड प्लस अल्कलाइन
केन्ट ग्रान्ड प्लस अल्कलाइनले १००% शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।
केन्टको उत्कृष्ट अल्कलाइन आर.ओ. प्यूरीफायरले तपाईंको पानीको पी.एच. स्तर कायम राख्दछ । यसले पानीको पी.एच. स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।
केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क यु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु.भी. एल.ई.डी.ले लामो समयको लागि पानी शुद्ध राख्दछ ।केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य रू. २९,९९० रहेको छ ।
केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्लुक्युएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका)बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ ।
केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर र युरो स्थिर , अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
आज महालक्ष्मीको बार, कसलाई कति धन लाभ ? हेरौँ राशिफल
-
विनाशकारी डढेलोमा परी लस एन्जेलसमा कयौँको मृत्यु, पाँच जनाको मात्रै आधिकारिक पुष्टी
-
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
-
रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
-
लघुवित्त वित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य