मिस नेवा: फागुनमा छानिने
बुधबार, ०७ माघ २०७७, १४ : ११
![मिस नेवा: फागुनमा छानिने](https://rpcdn.ratopati.com/media/albums/miss-newa_l6lMKVHzfs.jpg)
काठमाडौं । नेवार समुदायका युवतीहरुको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक नेप्लिज फेशन होमले प्रतियोगिता आगामी फागुन ७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको छ ।
अहिले आयोजना हुन लागेको मिस नेवाः नेपालको १५ औं संस्करण हो । यो संस्करणमा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुले विभिन्न विधामा तालिम र प्रशिक्षण पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग लिइरहेको आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्दै नेवार समुदायको युवतीको प्रतिभा निखार्ने उदेश्य कार्यक्रमको रहेको मानन्धरको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गुटलाई नेपालमा फोहोरी खेल बनाइयो’
-
व्यावसायिक कागतीखेतीमा रमाएका प्रतीक
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र