
मुख्यमन्त्री डोरमणिविरुद्धको अविश्वास प्रस्ताव आज टेबल नहुने

काठमाडौं । वागमती प्रदेशको प्रदेशसभाको आजको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ । प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो ।
आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको सांसद विशाल खड्काले रातोपाटीलाई जनाकारी दिए । उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।
जको बैठकमा अविश्वासको प्रस्ताव टेवल नहुने भएको छ । अविश्वास प्रस्ताव कसरी पेश गर्ने भन्ने विषयमा छलफल गर्न गठित नौ सदस्यीय कार्यदलको बैठक बुधबार बेलुका बसेर छलफल गर्ने प्रदेशसभा सदस्य खड्काले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ