बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा ७ विदेशी निर्णायक

बुधबार, ०७ माघ २०७७, १३ : १४
बुधबार, ०७ माघ २०७७

काठमाडौं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले जनाएका छन् ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी, इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा रहेका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् ।

प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १ सय ५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप