शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जो बाइडेनको सपथमा सिमित व्यक्तिमात्रै उपस्थित हुने

उत्तराधिकारीको सपथमा नआउने ट्रम्प चौथो राष्ट्रपति
बुधबार, ०७ माघ २०७७, १२ : ४६
बुधबार, ०७ माघ २०७७

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहलाई मध्यनजर गर्दै अमेरिकाको क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी समयअनुसार बुधबार दिउँसो १२ बजे सपथ ग्रहण हुनेछ । त्यसपछि उनले आधिकारीक रुपमै ह्वाइट हाउसबाट आफ्नो काम सुरु गर्नेछन् ।

२० औँ संशोधनपछि फेरियो मिति

अमेरिकी संविधानमा २० औं संशोधन हुनअघि ४ मार्चमा राष्ट्रपतिले सपथ लिन्थे । सन् १९३३ सम्म नवनिर्वाचित राष्ट्रपतिले ४ मार्चमा सपथ लिएको इतिहास छ । राजधानी वासिङटन डिसीसम्म चुनावी नतिजा पुग्न धेरै समय लाग्ने भएकाले चुनावपछि नयाँ राष्ट्रपतिको सपथ ग्रहणसम्मको अवधि ४ महिना राखिएको थियो । आधुनिक प्रविधि र संशोधनको विकासले मतगणना निकै तिव्र बन्यो । त्यसपछि संविधान संशोधन गरेर २० जनवरीमै नयाँ राष्ट्रपतिले सपथ ग्रहण गर्ने कार्यक्रम राखियो ।

केवल १ हजार उपस्थित हुनेछन् समारोहमा

विगतमा ठूलो संख्यामा मानिसहरु सपथ ग्रहण समारोह हेर्न उपस्थित हुन्थें । स्टेज नजिकै र परेड मार्गसँग जोडिएको इलाकामा आउने व्यक्तिहरुका लागि टिकट चाहिन्थ्यों, टिकट नभएका सर्वसाधारणले नेशनल मलमा बसेर समारोह हेर्थे ।

तर यसपटक कोरोनाका कारण निकै कम व्यक्तिले समारोह हेर्नेछन् । सुरक्षा व्यवस्था र कोरोना महामारीका कारण यसपटक समारोहका लागि केवल १ हजार टिकट जारी गरिएको छ, जबकी विगतमा २ लाख टिकट जारी हुने गरेको थियो । त्यसैगरी सर्वसाधारणले राष्ट्रपतिलाई अवलोकन गर्ने नेशनल मल अहिले बन्द छ, त्यसैले यहाँ कोही पनि उपस्थित हुनेछैन । कोरोना महामारीका कारण राष्ट्रपतिको सपथ ग्रहणलाई भर्चुअल्ली आयोजना गर्न लागिएको हो र टेलिभिजनमार्फत भने ठूलो संख्यामा मानिसहरुले यो समारोह नियाल्ने अपेक्षा गरिएको छ ।  सन् २००८ मा बाराक ओबामाले पहिलोपटक राष्ट्रपतिको सपथ लिदाँ झन्डै १८ लाख जनता उनको अभिवादनका लागि नेशनल मलमा उपस्थित भएका थिए । डोनाल्ड ट्रम्प चार वर्षअघि निर्वाचित हुँदा झन्डै अधिकतम ६ लाखसम्म जनता यहाँ उपस्थित भएको अनुमान गरिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिले क्यापिटल हिलमा सपथ लिने परम्पराको सुरुवात १९८१ बाट सुरु भएको थियो, तत्कालीन समय राष्ट्रपति रोनाल्ड रेगनले यहाँ सपथ लिएका थिए । 

उत्तराधिकारीको सपथमा नआउने ट्रम्प चौथो राष्ट्रपति

राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण समारोह बहिस्कार गर्दैछन् । आफुपछिका राष्ट्रपतिको सपथमा नआउने ट्रम्प चौथो राष्ट्रपति बन्नेछन् । उनीअघि जोन एडम्स, जोन क्विन्सी र एन्ड्रयु जोनसोन पनि आफ्ना उत्तराधिकारीको सपथ समारोहमा उपस्थित भएका थिएनन् । अमेरिकाका पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बाराक ओबामा भने यस समारोहमा उपस्थित हुनेछन् । अर्का जीवित राष्ट्रपति जिम्मी कार्टर भने कोरोनाको जोखिम र स्वास्थको ख्याल राख्दै समारोहमा उपस्थित हुनेछैनन्, कार्टर ९६ वर्षको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप