बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा एस इक्युपमेन्टको उत्पादन भित्रियो

बुधबार, ०७ माघ २०७७, १२ : १६
बुधबार, ०७ माघ २०७७

काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्सले ल्याएको हो । एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । 

नेपालमा स्पार्क अटोमोटिभ्सले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३०-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् ।

स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस काठमाडौंको नक्सालमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमशः बिक्री बितरण गर्ने र भविष्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समयअनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ ।

एस इक्युपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने कम्पनी हो । जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पूर्वाधार निर्माण, ठूलाठूला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एस इक्युपमेन्टले आफ्नो उत्पादनहरुको बिक्री बितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप