बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा बहसको समय तोकियो

बुधबार, ०७ माघ २०७७, ११ : ५५
बुधबार, ०७ माघ २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । 

यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । 

तर प्रधानन्यायाधीश राणाले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले एक घण्टा समय माग गरेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप