शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको विदाई भाषणः कुनै युद्ध बिना दशकको पहिलो राष्ट्रपति हुन पाउँदा गौरव, नयाँ सरकारलाई शुभकामना

बुधबार, ०७ माघ २०७७, १० : ४५
बुधबार, ०७ माघ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल आज समाप्त हुँदै छ । केही घण्टापछि नै नव निर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् । यसअघि ट्रम्पले मंगलबार आफ्नो विदाई भाषणमा सरकारको उपलब्धिबारे जानकारी दिँदै नयाँ सरकारलाई शुभकामना दिएका छन् । 

यतिबेला ट्रम्पले आफूलाई कुनै युद्ध बिना नै दशकको पहिलो राष्ट्रपति बन्न पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘हामीले अमेरिकाको शक्तिलाई घरमा कायम गर्यौं र बाहिर पनि अमेरिकी नेतृत्वलाई नयाँ उचाईसम्म पुर्यायौं । हामीले संसारलाई चीनविरुद्ध एकजुट गर्यौं, यस्तो पहिले कहिले भएको थिएन ।’

ट्रम्पका भाषणका पाँच महत्वपूर्ण कुराः

१. संसद् भवनमा भएको हिंस्रक हमलाको निन्दा गरेः

१९ मिनटको पहिले नै रेकर्ड गरिएको भिडियोमा ट्रम्पले ६ जनवरीमा अमेरिकी संसद्मा भएको हिंसाको निन्दा गरे । उनले भने, ‘अमेरिका अविश्वसनीय, सभ्य, विश्वास गर्न लायक र शान्तिप्रिय मानिसहरुको देश हो । यहाँका सबै जनता हाम्रो देश अघि बढोस् र नयाँ उचाइ छुन सकोस् भन्ने चाहना राख्छन् ।’

२. कार्यकाललाई स्मरण गरेः

आफ्नो कार्यकाललाई स्मरण गर्दै ट्रम्पले भने, ‘४ वर्ष अघि हामीले आफ्नो देशलाई पुन? बनाउने, यसको भावनालाई पुनर्जागृत गर्न र मानिसहरुका लागि सरकारको निष्ठा बहाल गर्नका लागि एक राष्ट्रिय अभियान सुरु गरेका थियौं ।’ सन् २०१६ मा आफूलाई छानेकोमा सबै समर्थकलाई धन्यवाद दिए । उनले यो सम्मानलाई उनी शब्दमा बयान गर्न नसक्ने बताए । 

३. आफ्ना उपलब्धिबारे जानकारी दिएः

उनले आफ्ना उपलब्धिबारे पनि कुरा गरे । यसबारे उनले भने, ‘हामी सबैले अमेरिकालाई पुनः महान बनाउनका लागि एक मिसन सुरु गर्यौं । हामीले दुनियाँको इतिहासमा सबैभन्दा ठूलो अर्थव्यवस्थाको निर्माण गर्यौं ।’ उनले ऐतिहासिक मिडिल इस्टमा अब्राहम अकार्डको पनि कुरा उठाए । 

४. चीन र कोरोनाको कुरा पनि गरेः

यसका साथै उनले चीन र कोरोनबारे पनि कुरा गर्दै भने, ‘हामीले चीनमाथि ऐतिहासिक शर्त लागू गर्यौं । चीनसँग एउटा ठूलो सम्झौता गर्यौं । तर यसको मसी सुक्नु अघि नै हामीलगायत पूरा दुनियाँ चिनियाँ भाइरसको चपेटमा आयौं । हाम्रो व्यापारिक सम्बन्ध तीब्र रुपमा परिवर्तन भइरहेको थियो । अर्बौंका अर्बौं डलरको लगानी अमेरिकामा नै भइरहेको थियो तर भाइरसले हामीलाई एक अलग दिशामा जान बाध्य पारिदियो ।’

५. मेलानिया र परिवारलाई धन्यवाद दिएः

उनले नयाँ प्रशासनको स्वागत गर्दै भने, ‘म बाइडेनको प्रशासनको सफलताको कामना गर्छु । नयाँ प्रशासनलाई स्वागत छ  र अमेरिकालाई सुरक्षित र समृद्ध बनाइ राख्नका लागि प्रार्थना गर्छु ।’ 

आफ्नो विदाई भाषणमा उनले श्रीमती मेलानिया र परिवारलाई पनि धन्यवाद दिए । साथै उनले उप–राष्ट्रपति माइक पेन्समाथि पनि आभार व्यक्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप