राजतन्त्रको अपमान गरेको भन्दै महिलालाई ४३ वर्षको जेल सजाय, फेसबुकमा सेयर गरेकी थिइन् पोस्ट

थाइल्याण्डकी पूर्व सरकारी कर्मचारीलाई राजतन्त्रको अपमान गरेको आरोपमा ४३ वर्षको जेल सजाय सुनाइएको छ । अंचन नामकी पूर्व महिला अधिकारीलाई कूल ८७ वर्षसम्म जेल सजाय हुन सक्थ्यो तर दोष स्विकार गरेका कारण उनको सजाय घटाएर करिब ४३ वर्ष पुर्याइएको छ ।
डेली मेलका अनुसार ६० वर्ष माथिकी अंचनलाई मंगलबार बैंककको क्रिमिनल अदालतले दोषी ठहर गरेको थियो । फेसबुक र युट्युबमा राजतन्त्रको अपमान गरेको अडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कारवाही सुरु गरिएको थियो । थाइल्याण्डको कानूनमा राजतन्त्रको अपमान गर्दा सजाय दिइने प्रावधान छ । राजतन्त्रको अपमानको २९ मामिलामा उनलाई दोषी ठहर गरिएको थियो ।
थाइल्याण्डको राजतन्त्रको कथित अपमानको यो घटना करिब ६ वर्ष पुरानो हो, जब सन् २०१४ मा देशमा राजतन्त्रविरुद्ध भावना बढ्न थालेको थियो । अंचनलाई सन् २०१५ जनवरीदेखि नोभेम्बर २०१८ सम्म जेलमा राखिएको थियो । यस्तै अब अंचनलाई यस्तो समयमा सजाय सुनाइएको छ जब थाइल्याण्डमा राजतन्त्रविरुद्ध एकपटक पुनः रिस बढ्न थालेको छ । पछिल्ला केही समयदेखि थाइल्याण्डमा थुप्रै पटक राजा महा वजिरालोंगकोर्नविरुद्ध विरोध प्रदर्शन आयोजना गरिएको छ ।
यो मामिलाको सुनुवाई सुरुमा सैनिक अदातलमा भएको थियो तब अंचनले आफूमाथि लागेको आरोप अस्विकार गरेकी थिइन् तर क्रिमिनल कोर्टमा यो मामिला ट्रान्सफर भएपछि उनले अपराध स्विकार गरिन् ।
अंचनले सरकारी कर्मचारीको रुपमा थाइल्याण्डमा करिब ४० वर्षसम्म काम गरिन् । अवकाश हुनुभन्दा ठिक एक वर्षअघि अंचनलाई पक्राउ गरिएको थियो । थाइल्याण्डको कानून अनुसार कोही पनि व्यक्तिले राजतन्त्रको अपमानको मुद्दा दर्ता गर्न सक्छ र यो कानूनको प्रयोग विरोधीले आवाज दबाउनका लागि गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?