अमेरिकी राष्ट्रपति जो बाइडेनले कति पाउनेछन् तलब, कस्ता हुनेछन् सुविधा–भत्ता ?

अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीमा शपथ ग्रहण गरेपछि जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । एक राष्ट्रपतिको रुपमा उनको कति तलब हुन्छ र उनले कस्ता प्रकारको सुविधा पाउनेछन् यसबारे जानकारी लिऔं ।
न्यूयोर्कको वेबसाइट स्टाइ कास्टरका अनुसार अमेरिकी कानून (US Code 3) का अनुसार अमेरिकी राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी डलर हो । नेपाली मुद्राका अनुसार यो ४ करोड ६७ लाख रुपैयाँ हो । यसका साथै राष्ट्रपतिले ५० हजार डलरको वार्षिक महँगी भत्ता पनि पाउँछन् । यसबाहेक दुई लाख डलरको भ्रमण भत्ता पनि पाउँछन् ।
अमेरिकी राष्ट्रपतिले यसबाहेक वाषिर्क रुपमा मनोरञ्जनका लागि पनि भत्ता पाउने गर्छ । यो रकम १९ हजार लडर हुन्छ जसलाई उनीहले आफ्ना लागि र आफ्नो परिवारका लागि खर्च गर्न सक्छन् । यस्तै फर्स्ट लेडी अर्थात् राष्ट्रपतिकी श्रीमतीका लागि कुनै तलब तोकिएको हुँदैन ।
सन् १७८९ मा जर्ज वासिङ्टन संयुक्त राज्य अमेरिकाका पहिलो राष्ट्रपति बने, त्यसपछि पाँच पटक तलब वृद्धि भएको छ । पछिल्लो पटक सन् २००१ मा तलब २ लाखबाट चार लाख अमेरिकी डलरसम्म तलब वृद्धि भएको हो ।
राष्ट्रपतिका लागि तलब निश्चित भएपनि यो पदमा आसिन सबै राष्ट्रपतिले तलब स्विकार गरेका छैनन् । पोलिटिको (अमेरिकन पोलिटिकल जर्नलिजम कम्पनी) का अनुसार अमेरिकाका ३१ औं राष्ट्रपति हर्बर्ट हूवर सन् १९१७ मा छानिएपछि आफ्नो तलब अस्विकार गर्ने पहिलो राष्ट्रपति थिए । उनले आफ्नो तलब दानमा दिएका थिए ।
त्यसपछि ३५ औं राष्ट्रपति जोन एफ केनेडी पनि सन् १९६१ मा छानिएपछि आफ्नो तलब अस्विकार गर्ने राष्ट्रपति बनेका थिए । सुरुमा केनेडी कांग्रेसका प्रतिनित्रि सभाका सदस्य थिए त्यसपछि राष्ट्रपति बने तर उनले दुबै पदका लागि तलब लिन अस्विकार गरेका थिए । उनले खर्चको रुपमा ५० हजार अमेरिकी डलर भत्ता स्विकार गरेका थिए । हूवरजस्तै केनेठीले पनि आफू राष्ट्रपति हुँदाको तलबलाई विभिन्न धर्मशालालाई दान दिएका थिए ।
स्मरण रहोस्, तलबका साथै राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिको रुपमा अन्य थुप्रै भत्ता पनि पाउने गर्छन् । यसबाहेक उनलाई लिमोसिन, मरिन वन र एयर फोर्स वनको सुविधा पनि प्रदान गरिन्छ । यसबाहेक राष्ट्रपतिले ह्वाइट हाउसमा निःशुल्क आवास प्राप्त गर्छन् ।
बिजनेस इन्साइडरका अनुसार कार्यकाल समाप्त भएपछि पनि अमेरिकी राष्ट्रपति सरकारी खर्चमा रहन्छन् जसमा लगभग २ लाख डलरको वार्षिक पेन्सन, स्वास्थ्य सेवा, भुक्तानी गरिएको आधिकारिक यात्रा र एक कार्यालय पनि समावेश हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो