ad
केन्द्रीय संस्करण

आलोकाँचोमा सधैं अगाडि : उताको विशेष दूतलाई रेडकार्पेट, यताका औपचारिक दूत ‘चिल्लै’

person explore access_timeमाघ ७, २०७७ chat_bubble_outline0

 

तीन दिनको भारत भ्रमण सकेर  आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ दिल्ली जानुअघि व्यक्त गरेको र फर्केपछिको हालतलाई लिएर राम्रैसँग आलोचना हुन थालेको छ । दुई देशबीच उत्पन्न संवेदनशील घडीमा भएको औपचारिक भ्रमणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मतलब नगरेपछि कूटनीतिक र राजनीतिक क्षेत्र तरंगित बनेको हो । उताका विदेशमन्त्री मात्र होइन,त्योभन्दा धेरै तलका कर्मचारी काठमाडौं आउँदासमेत हामीले राष्ट्र प्रमुख र सरकार प्रमुखसँग भेट्ने गतिलो चलन बसालिदिएका छौँ ।

केही समयअघि प्रधानमन्त्री मोदीका विशेष दूतको रूपमा आएका खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीसँग सरकारी निवासमा रातारात तीन घण्टा सल्लाहकारको टिमसहित राखी गोप्यवार्ता गर्न हाम्रो राज्यले नै समय मिलाइदिएको थियो  । भारतीयपक्षले नभनेपनि हाम्रै ठूलाबडाले गोयललाई ‘मोदीको विशेष दूत’ को औपचारिक दर्जा दिएका थिए । त्यसरी विशेष दूत आएको पुष्टि गर्नेमध्ये परराष्ट्रमन्त्री ज्ञवाली पनि एक थिए । तर, प्रधानमन्त्रीका अघोषित विशेष दूत तथा मुलुककै औपचारिक दूत भएर नयाँ दिल्ली पुगेका उनलाई मोदीले समय नदिएर ‘चिल्लै’ बनाइदिएका छन् ।

अघिल्लो महिना काठमाडौं आएका भारतीय परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्गलाले हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिसँग सजिलैसँग भेटेका थिए । त्यतिले नपुगेर विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दा रामचन्द्र पौडेल र कृष्ण सिटौलासमेतलाई राखिएको थियो ।

अरु मुलुकका सामान्य तहका कर्मचारी र नेता आउँदा हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिले कामै नभएर घाम तापेको बसेझैँ टन्न समय दिएर गफिएको देखिन्छ । तर,उतातिर हाम्रा परराष्ट्र मन्त्री जाँदा मुश्किलले विभागीय र आफ्ना समकक्षीसँग औपचारिक भेट गरेर फर्कन्छन् । यो भनेको हाम्रा सरकार प्रमुख र राष्ट्र प्रमुखले प्रोटोकलतर्फ ध्यान नदिएको गतिलो उदाहरण हो ।

भारत भ्रमणमा जानुअघि ज्ञवालीले कालापानीको विषयमा मज्जैले कुरा हुने बताउनुभएको थियो । अन्तिममा उक्त विषय हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ भएको छ । उता,भारतले दशकौंदेखि राष्ट्रसंघीय सुरक्षा परिषद् पुनर्संरचनाको कुरो उठाउँदै आएको छ । त्यो भनेको सुरक्षा परिषदको विद्यमान पाँच स्थायी सदस्य राष्ट्रको संख्यालाई बढाएर त्यसमा आफू पनि समावेश हुने अन्तरचाहना हो ।

त्यसो हुँदा आफूलाई चित्त नुबझेको हरेक विषयमा ‘भिटो’ (विशेषाधिकार) प्रयोग गर्न पाइन्छ । त्यहि आशमा उसले बीसौं वर्षदेखि सुरक्षा परिषद् पुनर्संरचनाको कुरो उठाउँदै आएको छ । तर, व्यवहारमा त्यो सम्भव देखिने छाँटकाँट छैन । त्यस्तो विषयमा हाम्रा परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा बोल्दै ‘सुरक्षा परिषद्को रिफर्म भइसकेको र त्यसमा भारतले उम्मेदवारी नै हालिसकेको अवस्थामाझैँ’ भारतभन्दा एक कदम अगाडि नेपालको समर्थन रहेको बताएका छन् । त्यो भनेको कूटनीतिमा सबैभन्दा आलोकाँचो खेल हो ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.