बेलायतमा कोरोनाबाट एकैदिन १६१० जनाको मृत्यु

लण्डन । बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ, जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।
यसअघि गत जनवरी १३ का दिन १५४५ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कोरोनाका मृतकको संख्या ९१ हजार ४७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३३ हजार ३५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या भने विगत तीन हप्तायताकै न्यून हो । योसँगै बेलायतमा कोरोना सनाक्रमित्को संख्या ३४ लाख ६६ हजार ८४९ पुगेको छ ।
कोरोना संक्रमण बढेसंगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतमा हालसम्म ४२ लाख ६६ हजार ५७७ जनाले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५६ हजार ८६६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते