ad
केन्द्रीय संस्करण

बेलायतमा कोरोनाबाट एकैदिन १६१० जनाको मृत्यु

person explore access_timeमाघ ६, २०७७ chat_bubble_outline0

लण्डन । बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ, जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।

यसअघि गत जनवरी १३ का दिन १५४५ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कोरोनाका मृतकको संख्या ९१ हजार ४७० पुगेको  छ । यसैगरी पछिल्लो २४ घन्टामा ३३ हजार ३५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या भने विगत तीन हप्तायताकै न्यून हो । योसँगै बेलायतमा  कोरोना सनाक्रमित्को संख्या ३४ लाख ६६ हजार ८४९ पुगेको छ ।

कोरोना संक्रमण बढेसंगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि  तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतमा हालसम्म ४२ लाख ६६ हजार ५७७ जनाले  कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५६ हजार ८६६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.