
बुधबारदेखि भारतले नेपाललाई कोरोना खोप उपलव्ध गराउने

काठमाडौं । भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो ।
विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ