चक्रपथ विस्तार आयोजनाको समस्या समाधान गर्न निर्देशन
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायत पदाधिकारीलाई दोस्रो पटक बोलाएर छलफल गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घल्याई स्वीकार्य नहुने वताए । सम्बद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिँदै उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन गरे । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउँदै लैजानुुपर्ने वताए । त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सबैको आपसी अपनत्व आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा