शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’

मङ्गलबार, ०६ माघ २०७७, २० : ४४
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  रमेश घिमिरेको शब्द र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेशकै नै अभिनय रहेको छ ।

‘प्रिसन्सा हाउस अफ प्रोडक्सन’ ले निर्माण गरेको गीतको भिडियो प्रिन्स्पन कार्कीले निर्देशन गरेका हुन् । नरेश ऐरको छायाँकन र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप