बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुकुम पश्चिमको राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा जारी

मङ्गलबार, ०६ माघ २०७७, २० : २५
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका लागि मंगलबार साँझ ५ बजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) बमोजिम कफ्र्यू लगाइएको विज्ञप्तिमा जनाइएको छ । मंगलबार राडी बजारमा  नेकपा प्रचण्ड–माधव पक्ष र काँग्रेस कार्यकर्ताहरुबीच दोहोरो झडप भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप