सिन्धुलीमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए ।
घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए । दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक