बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप ४ को मृत्यु, ३४८ जना संक्रमित

मङ्गलबार, ०६ माघ २०७७, १७ : १०
मङ्गलबार, ०६ माघ २०७७

बितेको २४ घण्टामा कोरोनाभाइसबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १९६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यससँगै संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ जना पुगेको छ । 

यस्तै थप ४४१ जना निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको पनि मन्त्रालयले जनाएको छ। 
हाल देशभर सक्रिय संक्रमित ३ हजार ७६४ र निको हुने दर ९७.९ प्रतिशत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप