ad
केन्द्रीय संस्करण

कामको तनाव झेल्न नसक्दा अस्पताल गइन् आलिया

person explore access_timeमाघ ६, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आजकल एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त छिन् । अत्यधिक काम गर्दाको  असर उनको स्वास्थमा पनि परेको छ । पछिल्लो समय निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘गंगूबाई काठियावान्डी’ को सुटिङमा व्यस्त रहेकी आलिया स्वास्थ खराब भएपछि १७ जनवरीमा सर एचएच रिलायन्स अस्पतालमा भर्ना हुनुपर्यो ।

मिडिया रिपोर्टअनुसार यही दिन आलिया अस्पतालबाट डिस्चार्ज पनि भइन् । ठिक भइसकेपछि उनी सोमबार बिहानै अर्थात् १८ जनवरीमा फेरि सुटिङ सेटमा पुगिन् । आलिया अभिनित यो फिल्म विवादमा मुछिएको छ । गंगूबाईका छोराका अनुसार यो फिल्म जुन कितामा आधारित छ, त्यो किताबका केही हिस्सा गंगूबाईलाई बदनाम गर्ने निजी जीवन उल्लंघन गर्ने खालका छन् । त्यसैले फिल्मको सुटिङ रोक्नुपर्ने माग उनले राखेका छन् । ‘गंगूबाई काठियावान्डी’ को परिवारले यस फिल्मको विषयलाई लिएर अदालतमा मुद्दा पनि दर्ता गराएको छ ।

आलिया भट्टको यो फिल्म ११ सेप्टेम्बर २०२० मै सिनेमाघरमा रिलिज हुने तय थियो । यद्यपि, कोरोना भाइरस महामारीका कारण फिल्मको सुटिङ समयमै पूरा हुन सकेन । अहिले आएर फिल्म मेकर्सले आगामी दिपावलीसम्म यो फिल्म रिलिज गर्ने योजना बनाइरहेको चर्चा पनि छ । यस फिल्मबाहेक अयान मुखर्जीको ‘ब्रम्हास्त्र’ र बाहुबलीका निर्देशक एसएस राजामौलाको नयाँ फिल्म ‘आरआरआर’ मा पनि आलिया देखिँदैंछिन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.