बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

मङ्गलबार, ०६ माघ २०७७, १६ : ४९
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीको मृत्युपछि आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका छन् ।
सो अस्पतालको आइसीयुमा बुटवलका ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा निधन भएपछि मृतकका आफन्तले मंगलबार चिकित्सक सविन भण्डारीलाई गालीगलौजका साथै हातपात गरेका हुन् ।

उक्त अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आइतबार राति ती बिरामीको मृत्यु भएको थियो । त्यतिबेला पनि मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए । मंगलबार पुनः उनीहरुले चिकित्सकमाथि हातपात गरेका हुन् ।

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप