बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओली खुट्टामा तोरीको तेल लगाएर केराको बोटमा चढ्न खोजे, लड्ने निश्चित छ : ओम शर्मा

मङ्गलबार, ०६ माघ २०७७, १६ : ०८
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । प्रेस संगठन नेपालका सहइन्चार्ज ओम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले वडाध्यक्ष हुन पनि नसुहाउने मानिसलाई मन्त्री बनाएको टिप्पण्नी गरेका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शर्माले प्रेस संगठन सत्यको पक्षमा लाग्ने संगठन भएकाले ओलीले चालेको गलत कदमको विरोध गरेको बताए । 

उनले ओली माहाराज बन्ने प्रयासमा लागेको भन्दै कोहीपनि त्यस्ता महाराजहरुको धाक धम्कीबाट नडराउने बताए । उनले संविधान जोगाउनका लागि अग्रगमनका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा पनि जोड दिए । 
‘प्रतिगमनका विरुद्ध हामी कहिल्यै झुक्दैनौ । जनताको संविधान बचाउन सकियो भने आमाबाबु, समस्त कलमजीवीका सपना पुरा गर्नेछौ’ शर्माले भने । उनले ओली खुट्टामा तोरीको तेल लगाएर केराको बोटमा चढ्न खोजेको टिप्प्णी गर्दै उनी लड्ने निश्चित रहेको पनि दावी गरे । उनले संसद विघटन गर्ने कदमप्रति ओलीले माफी माग्नुपर्ने समेत बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भेलाको सफलताको शुभकामना दिँदै सञ्चारकर्मीहरुले सधैँ लेख्ने र बोल्ने स्वतन्त्रता खोज्ने भएकाले नेपालका पत्रकारहरुले सडकमा लडेर अहिलेको व्यवस्था ल्याएकोले आफूहरुसमेत सहयात्री भएको बताए । 

उनले पुस ५ को कदमले प्रतिनिधि सभा भंग नभएको भन्दै संविधानमाथि प्रहारमात्रै भएको बताए । उनले ओलीको कदमविरुद्धको अभियानमा साथ दिन प्रतिवद्ध रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप