शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्ध नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको ‘कोभिसिल्ड’ खोप यस्ता मानिसले लगाउनु हुँदैन

मङ्गलबार, ०६ माघ २०७७, १५ : ५५
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । कोरोनाभाइरस विरुद्ध नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको खोप ‘कोभिसिल्ड’बारे नयाँ तथ्य प्रकाशमा आएको छ । कोरोनाविरुद्ध प्रभावकारी मानिएको र भारतमा समेत हाल प्रयोगमा ल्याइएको यो खोप हरेक मानिसका लागि भने उपयोगी नहुने अध्ययनले देखाएको छ ।

खोप निर्माता ‘सिरम इन्स्टिच्युट’ ले नै यो खोपका केही बन्देजहरु प्रकाशमा ल्याएको हो । सो कम्पनीले जारी गरेको ‘फ्याक्टशीट’ अनुसार विभिन्न शारीरिक अवस्थाका मानिसले उक्त खोप लगाउन हुँदैन
निर्माण कम्पनी सिरमका अनुसार कोभिसिल्ड भ्याक्सिनमा एल–हिस्टिडाइन, एल–हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, म्याग्निसियम क्लोराइड हेक्साहाइड्रेट, पोलिसोरबेट ८०, इथानेल, सुक्रोज, सोडियम क्लोराइड, डायोडियम एडिटेड डाइहाइड्रेटको मिश्रण छ ।

खोप लगाउनु अघि खोपका लाभार्थीले आफ्नो स्वास्थ्यको अवस्थाबारेमा सम्बन्धित विज्ञ टोलीलाई जानकारी गराउन पनि निर्माण कम्पनीले जनाएको छ । 

यस्ता व्यक्तिले लगाउन हुँदैन कोभिसिल्ड खोप
–    कसैलाई औषधि, खानेकुरा वा कुनै अन्य प्रकारका एलर्जी छ भने कोभिसिल्ड खोप लगाउन हुँदैन ।

–    ज्वरो र रक्तश्रावसम्बन्धी समस्या भएकाले पनि यो खोप लगाउन हुँदैन ।

–     कोभिसिल्डको पहिलो डोजमा कुनै प्रकारको एलर्जी भएमा दोस्रो डोज लिन हुँदैन ।

–    गर्भवती वा बच्चा प्लान गरिरहेका महिलाले पनि यो खोप लगाउन हुँदैन ।

–    स्तनपान गराइरहेका महिलालाई पनि यो खोप नलगाउन सुझाव दिइएको छ ।

–    यदि कसैले कोरोनाको कुनै खोप लगाइसकेको छ भने उसले यो खोप लगाउन जरुरी छैन । 

उल्लेखनीय छ, यो खोपलाई नेपाल सरकारले गत माघ २ गतेको मन्त्रिपरिषद निर्णयानुसार नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।


भारतको अर्को खोपले पनि गरायो सावधान
कोभिसिल्डका अतिरिक्त भारतमै निर्माण गरी प्रयोगमा ल्याइएको अर्को खोप ‘कोभ्याक्सिन’ले पनि यस प्रकारको शर्त र बन्देज प्रकाशमा ल्याएको छ ।
भारत बायोटेकले कोरोनाभाइरस विरुद्ध आफ्नो उत्पादन कोभ्याक्सिन प्रयोगमा विभिन्न शर्तसहित सावधान गराएको हो ।
यो खोप पनि एलर्जीका समस्या भएकाहरु, श्वास फेर्न कठिनाइ हुने तथा अनुहार र घाँटी सुन्निएको, तीव्र धडकन, रिङटा लाग्ने, कमजोरी महसुस हुने, गर्भवती महिला लगायतलाई प्रयोग नगर्न सुझाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप