बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैनः उद्योगमन्त्री भट्ट

मङ्गलबार, ०६ माघ २०७७, १५ : ५१
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले चीनले निर्यातमा दुःख दिएको गुनासो गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टले सामान रोक्ने, महाँगो भाडा लिने गरिएको भन्दै यस्तो पाराले चीनसँग व्यापार गर्न नसकिने उल्लेख गरेका हुन् ।

‘कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ । हामी लागेको लाग्यै छौं । हिजो पनि मैले गम्भीरतापूर्वक छलफल गरेँ । अब के गर्ने ? यस्तो पाराले त चीनसँग हाम्रो व्यापारीको सामान १०–१० महिना भयो, हाम्रो सामान ल्याउन नदिने, कन्टेनरको भाडा महँगो लिने गरिएको छ’ मन्त्री भट्टले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप