चीनले सार्वजनिक गर्यो प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न सक्ने रेलको डिजाइन
एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने अधिकारीहरुले बताएका छन् । यो रेल उच्च–तापक्रमयुक्त सुपर कन्डक्टिङ (एचटिएस) शक्तिमा चल्नेछ, जस्तो कि चुम्बकीय ट्रयाकमा रेल तैरिरहेजस्तो देखिनेछ । २१ मिटर लामो प्रोटोटाइप १३ जनवरीमा सिचुआन प्रान्तको छेन्दु शहरमा सार्वजनिक गरिएको हो ।
यस प्रोटोटाइप तयार गर्ने काममा खटिएका दक्षिणपश्चिम जिआओतोङ विश्वविद्यालयका उपाध्यक्ष तथा प्रोफेसर हि चुआनले ३ देखि १० वर्षभित्रमा यो रेल सञ्चालनमा आउन सक्ने जानकारी दिए । ‘सिचुआनसँग दूर्लभ प्राकृतिक स्रोतहरु छन् । स्थायी चुम्बकीय ट्रयाकहरु निर्माणका लागि हामीलाई यो निकै फाइदाजनक हुनेछ ।’
विश्वको सबैभन्दा ठूलो हाई–स्पिड रेल नेटवर्क चीनमै छ, जो ३७ हजार किलोमिटरसम्म फैलिएको छ । त्यस्तै विश्वकै अति तिव्र व्यवसायिक रेल साङ्घाई माग्लेभ पनि चीनमै छ, यो चीनको पहिलो तिव्र गतिको माग्लेभ रेल हो । सन् २००३ बाट यसको शुभारम्भ भएको थियो ।
अधिकतम ४ सय ३१ किलोमिटर प्रतिघण्टाको उच्च स्पिडमा कुद्न सक्ने यो रेलले साङघाई पुदोङ विमानस्थल र पूर्वी साङघाईको लङयाङ सडकलाई जोड्छ । चीनले २०२२ को विन्टर ओलम्पिक अघि थप पूर्वाधार विकास गर्ने चटारो देखाइरहेको छ । विन्टर ओलम्पिक बेइजिङमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?