शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट पेडा खाने निम्ता आयो : पत्रकार श्रेष्ठ

मङ्गलबार, ०६ माघ २०७७, १५ : ३४
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले आफूलाई बालुवाटारले पेडा खान आउन बारम्बार आउन आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले असली पेडा पसल चिन्न आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र हत्या गर्नेबीच लडाइँ जारी रहेकाले गणतन्त्रको हत्या गर्ने पक्षले आफूलाई असली पेडा पसल बालुवाटारको हो भन्न बोलाएपनि आफूलाई विश्वास नलागेको बताए । ‘बाजेकोे पेडा पसल मै हुँ भनेर बालुवाटारमा पेडा पसल थाप्नु भएको छ । तर, साँचो अर्थमा नेपाल कम्युनिस्ट पार्टी नेकपा यहाँ छ । तर अर्को नेकपा पेडा बालुवाटारमा छ ।’

उनले हिजो बेलुका र बिहान समेत पेडा खान फोन आएको भन्दै उनीहरुको नियत बुझेर गणतन्त्र ध्वस्त पार्नेहरुलाई साथ दिन नसकिने बताए । पूर्व प्रेस चौतारीका अध्यक्ष समेत रहेका श्रेष्ठले पेडा पसलका गफमा नभुल्न र प्रतिगामी कदमका विरुद्ध लाग्न सवैलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप