बालुवाटारबाट पेडा खाने निम्ता आयो : पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले आफूलाई बालुवाटारले पेडा खान आउन बारम्बार आउन आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले असली पेडा पसल चिन्न आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र हत्या गर्नेबीच लडाइँ जारी रहेकाले गणतन्त्रको हत्या गर्ने पक्षले आफूलाई असली पेडा पसल बालुवाटारको हो भन्न बोलाएपनि आफूलाई विश्वास नलागेको बताए । ‘बाजेकोे पेडा पसल मै हुँ भनेर बालुवाटारमा पेडा पसल थाप्नु भएको छ । तर, साँचो अर्थमा नेपाल कम्युनिस्ट पार्टी नेकपा यहाँ छ । तर अर्को नेकपा पेडा बालुवाटारमा छ ।’
उनले हिजो बेलुका र बिहान समेत पेडा खान फोन आएको भन्दै उनीहरुको नियत बुझेर गणतन्त्र ध्वस्त पार्नेहरुलाई साथ दिन नसकिने बताए । पूर्व प्रेस चौतारीका अध्यक्ष समेत रहेका श्रेष्ठले पेडा पसलका गफमा नभुल्न र प्रतिगामी कदमका विरुद्ध लाग्न सवैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण