कपिल शर्मासँगको झगडा बिर्सिसकेका छन् सुनिल ग्रोवरः भने, ‘कहिल्यै रिसाउन सक्दिनँ’
तान्डवमा आफ्नो कामका लागि सुनिल ग्रोवरको अत्यधिक तारिफ भइरहेको छ । यद्यपि, प्रशंसकले द कपिल शर्मा शोमा गुत्थीको उनको भूमिका सायदै कहिल्यै बिर्सन सक्लान् । एक समय थियो जब सुनिल ग्रोवर द कपिल शर्मा शोमा अनौठा भूमिका निभाएर दर्शकलाई हसाउने गर्दथे । सबैकुरा राम्रो चलिरहेको थियो तर एक यात्राका बेला विमानमा फर्किरहेका बेला सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भयो र सुनिल सधैंका लागि कार्यक्रमबाट अलग्गिए ।
यो घटनापछि यी दुईबीच कहिल्यै कुराकानी नभएको पनि होइन । दुबैको अफ द स्क्रिनमा थुप्रै पटक भेट पनि भयो र दुबैले विशेष मौकामा एक अर्कालाई शुभकामना दिन पनि जारी राखे । हालै बलिउड हंगामा सँगको कुराकानीमा सुनिल ग्रोवरले आफू कहिल्यै पनि कपिल शर्मासँग रिसाउन नसक्ने बताए । जब उनलाई यसबारे सोधियो तब उनले कपिल असाध्यै हँसी मजाक गर्नुपर्ने व्यक्ति भएकोले यस्तो हुनै नसक्ने बताए ।
सुनिल ग्रोवरले भने, ‘उनी यति धेरै रमाइला छन् कि उनीसँग रिसाउनै सकिँदैन ।’
कपिलको कुन कुरा तपाईंलाई सबैभन्दा धेरै मनपर्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘उनको प्रम्पटनेस ।’ कपिल शर्माको यहि विशेषताको बलिउडका कलाकारले पनि उनको तारिफ गरिसकेका छन् । कपिल शर्मा कुनै पनि स्थितीमा ठाउँको ठाउँ नै पन्चलाइन बनाएर मानिसहरुलाई हसाउने गर्छन् ।
भेटिरहन्छन् कपिल र सुनिलः
स्मरण रहोस्, सन् २०२० मा कपिल शर्मालाई पनि सुनिलबारे सोधिएको थियो । यसबारे उनले भनेका थिए, ‘सुनिल पाजीसँग भेट भइरहन्छ । हालै हामी गुरदास मानको विवाहमा भेटेका थियौं जुन पञ्जाबमा भएको थियो । त्यसपछि हामी दिल्लीमा आयोजित एक विवाहमा भेटेका थियौं ।’
कपिलले आफूले सुनिल ग्रोवरसँग धेरैकुरा सिकेको र भविष्यमा मौका मिलेको खण्डमा आफू उनीसँग काम गर्न तयार भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा