प्रतिपक्ष दलका नेता प्रधानमन्त्रीको दैलोमा किन ? : पत्रकार वाग्ले
काठमाडौं । वरिष्ठ पत्रकार नारायण वाग्लेले प्रतिगमविरुद्धको आन्दोलनमा प्रस्ट हुन नेतृत्वलाई आग्रह गरेका छन् । प्रेश संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई शुभकामना दिँदै पत्रकार वाग्लेले प्रतिगमन, विकास र सम्मृद्धिबारे जनतालाई प्रस्ट पार्न सकेमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदममा जनताले साथ दिने बताए ।
उनले प्रतिपक्ष दलका नेता नै प्रधानमन्त्रीको दैलोमा चहारेको भन्दै आक्रोश पोखे । ‘प्रतिपक्ष दलका नेता प्रधानमन्त्रीको दैलोमा किन चाहानुपरेको ?’ वाग्लेको प्रश्न छ ।
उनले संसद पुनर्स्थापना भएरै छाड्नेमा आफू विस्वस्त रहेको भन्दै तर पुनर्स्थापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्ने बताए । ‘यसमा नेतृत्वको प्रतिवद्धता चाहिन्छ’, पत्रकार वाग्लेको भनाइ छ । उनले प्रचण्डले मांशाहरी आन्दोलनबारे दिएको अभिव्यक्तिको प्रभाव कस्तो पर्छ भन्ने ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण