शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुसमा ह्वात्तै बढेको ऋण लगानी माघ लागेपछि घट्यो

मङ्गलबार, ०६ माघ २०७७, १३ : ५४
मङ्गलबार, ०६ माघ २०७७

पुसमा ऋण लगानी ह्वात्तै बढेको छ । पुस अन्तिम साता बैंकहरुले एक साता मै ५९ अर्ब ऋण प्रवाह गरेका थिए । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार पुसमा बढेको ऋण लगानी माघ लागेसँगै घटेको हो । 
पुसको तेस्रो र चौथो साता ऋण लगानी ह्वात्तै बढेको हो । पुसको तेस्रो साता बैंकहरुले २४ अर्ब ऋण लगानी गरेको देखिन्छ भने चौथो साता ५९ अर्ब ऋण लगानी गरेको तथ्यांकमा उल्लेख छ । 

त्यसपछि फेरि ऋण लगानीमा ओरालो लाग्न थाल्यो । माघ लागेपछि  ८ अर्बले ऋण लगानी घटेको छ ।  पुस मसान्तको तुलनामा माघ २ गतेसम्म बैंक ऋण ८ अर्बले घटेको हो । 
पुस मसान्त त्रैमासिक साँवा÷ब्याज उठाउने समय हो । कोभिडका कारण ऋण तिर्न नसकेका ऋणीलाई बैकहरुले थप ऋण दिने र सोही ऋणबाट ब्याज तिर्न लगाउँने गरेका छन् । यसो गर्दा बैंकहरुले नोक्सानी ब्यवस्थापन गर्नु पर्दैन र आम्दानी पनि घट्दैन ।

यता वाणिज्य बैंकहरुको निक्षेपमा पनि माघ लागेसँगै कम भएको छ । माघ २ गतेसम्मको तथ्यांकमा ३ अर्ब कम निक्षेप छ । पुसमा निक्षेपमा पनि बृद्धि भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप