शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनको शपथ ग्रहण कार्यक्रम अघि अमेरिकामा अभूतपूर्व स्थिति

मङ्गलबार, ०६ माघ २०७७, १३ : ४१
मङ्गलबार, ०६ माघ २०७७

संसारको सबैभन्दा शक्तिशाली देशको राजधानी आजकाल युद्ध क्षेत्रजस्तो लाग्छ । नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति हमला ह्यारिसको शपथ ग्रहण समारोहको केही घण्टा अघि अमेरिकामा एक अभूतपूर्व स्थिति बनेको छ । 

वासिङ्टनमा मात्रै होइन, सबै ५० राज्यमा सुरक्षा कडा पारिएको छ । 

थुप्रै मानिसहरुलाई डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको हिंसा पुनः दोहोरिने हो कि भन्ने डरले सताउन थालेको छ । 

संसदतिर जाने सडकमा हज्जारौंको संख्यामा सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । शहरका विभिन्न सडकमा रोड ब्लक लगाइएको छ । अनुहार ढाकेका हतियारधारी सुरक्षाकर्मीले गाडीको अनुसन्धान गरिरहेका छन् र ट्राफिकलाई बाटो पनि देखाइरहेका छन् । 

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने नेशनल गार्डका २५ हजार जवानलाई शहरमा तैनाथ गरिएको छ । 

यसैबीच थुप्रै सुरक्षाकर्मीमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरुले ६ जनवरीमा संसद भवनमा भएको हिंसामा प्रदर्शनकारीलाई साथ दिएको शंका गरिएको छ । 

मिडिया रिपोर्टमा हतियार प्रयोग गरेर हमला हुने हो कि भन्ने आशंका पनि जताइँदैछ । 

प्रहरीको गाडीले सडकमा गस्ती गरिरहेको छ र हेलिकोप्टरमार्फत् गतिविधिमाथि निगरानी पनि राखिँदै छ । 

सडकमा धेरै नै सेतो रङको टेन्ट लगाइएका छन् जुन केही दिनका लागि सुरक्षाकर्मीको घर बनेको छ । 

थुप्रै मेट्रो स्टेशन बन्द गरिएको छ र ठूला क्षेत्रमा गाडीको प्रवेशमा प्रतिबन्ध लागेको छ । संसद् भवनलाई जनताका लागि बन्द गरिएको छ र २० जनवरीमा जनता त्यहाँ जान पाउने छैनन् ।

 क्यापिटm प्रहरीले आफ्नो बयानमा भनेको छ, ‘कोही पनि यदि गैरकानूनी रुपमा संसदको मैदानमा लगाइएको फेन्स (एक प्रकारको ब्यारिकेड) लाई पार गरेर वा कुन अन्य गैरकानूनी तरिकाले छिर्ने प्रयास गर्छ भने ती व्यक्तिमाथि बल प्रयोग हुनेछ र गिरफ्तारी पनि हुनेछ ।’

वासिङ्टनलाई अन्य शहरसँग जोड्ने पूल र नजिकै रहेको भर्जिनियालाई पनि बन्द राखिनेछ । 

एक्लो वासिङ्टनः

थुप्रै स्थानीय मानिसहरुका लागि यो दृश्य निकै रोचक छ । 

क्रिस अकोस्टा नामका एक स्थानीय भन्छन्, ‘यस्तो लागिरहेको छ कि, एउटा फिल्म चलिरहेको छ । सबै मानिसहरु नयाँ राष्ट्रपतिको शपथ ग्रहणको तयारीमा लागिरहेका छन् र सडक पूर्ण रुपमा एक्लो छ ।’

जयम्यान ब्रायन्ट भन्छन्, ‘मलाई लाग्छ यो पहिलो भर्चुअल शपथ ग्रहण समारोह हुनेछ । साधारणतया शपथ ग्रहण हुने बेला वासिङ्टनको माहौल खुसीयालीयुक्त हुन्थ्यो तर अहिले यस्तो लाग्छ कि यो एक ‘भूत आउने शहर’ हो । 

ब्रायन्टको कुरा थुप्रै तरिकाले सही छ । साधारणतया शपथ ग्रहण समारोहमा समर्थक र विरोधी एकताको प्रदर्शन गदैै एकसाथ आउँछन् र माहौल उत्सव जस्तो हुन्थ्यो । 

यसअघि कहिले पनि यस्तो समयमा राजधानीको मुटु मानिने संसद् भवनको क्षेत्र यति एक्लो भएको थिएन । यसको अर्थ यो हो कि सधैं झैं यो आयोजनामा समर्थकको त्यो भीड देखिने छैन जुन हरेक पटक देखिन्थ्यो । 

जानकारलाई यो पनि चिन्ता छ कि वासिङ्टनमा भारी सुरक्षा बल तैनाथ गरिएको छ तर अन्य ५० राज्यको सुरक्षामा के होला ?

एउटा मात्रै हमला पनि देशभरी छरिएका ट्रम्प समर्थकका लागि उक्साहट जस्तो हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप