बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ढुङ्गाले बनायो रातोरात करोडपति

मङ्गलबार, ०६ माघ २०७७, १३ : ३७
मङ्गलबार, ०६ माघ २०७७

तपाईंको घर, कोठा, भान्सा, वरिपरीको खेत, वारीमा कुनै ढुङ्गा छ भने होश पुर्‍याउनु होला है यसले तपाईंलाई रातोरात करोड़पति बनाउन सक्छ।  त्यों हिन्दीमा एउटा उखान छ  'भगवान जब देता है तो छप्पर फाड़ के देता है ' यो उखान अमेरिकाको  मिशिगनमा बस्ने एक व्यक्तिको जीवनमा चरितार्थ भएको छ।

तीस वर्षसम्म एउटा ढुङ्गालाई   घरको ढोका बन्द गर्ने कामका लागि प्रयोग गर्थे उनी। त्यसै ढुङ्गाले  ढुङ्गा धनीलाई करोड़पति बनाइदिएको छ।   त्यो ढुङ्गा उल्कापिण्ड भएको पत्ता लागेको छ । र, यसको मूल्य एक लाख डलर  आँकलन गरिएको छ ।

 मिशिगन निवासी   डेभिड माजुरेकको जीवनमा उक्त घटना घटेको हो। उक्त  पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको ठानेर धेरै वर्षदेखि उनी यस ढुङ्गालाई  सोही कामका  लागि प्रयोग गर्थे  । यसबीचमा उनले सुने, उल्कापिण्डहरु महङ्गो  मूल्यमा  बिक्री हुन्छन् । उनलाई सकसक लाग्यो र उनले घरमा रहेको ढुङ्गा कतै उल्कापिण्ड त होइन ? त्यो उल्कापिण्ड ठहरियो भने त आफ्नो जीवन नै बद्लिने लख काटे  ।  उनी ढुङ्गा बोकी परीक्षण गराउन पुगे ।  जियोलोजीकी एकजना  प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार  र संरचना देखेर चकित बनिन् । उनले  एक्सरे फ्लोरेन्स विधिबाट  ढुङ्गाको परिक्षण गर्ने निर्णय गरिन् ।

परिणाम आश्चर्यजनक आयो। उक्त ढुङ्गामा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातुहरु जस्तै इरिडियम, ग्यालियम र सुन पनि भएको  पत्ता लाग्यो ।

उनले यति अचम्म र  यति मूल्यवान ढुङ्गा आफ्नो जीवनमा देखेकी थिइनँ ।  उनलाई यो  पृथ्वी बाहिरको सौर्यमण्डलबाट खसेको कुनै टुक्रा अर्थात उल्कापिण्ड भएको  महसुस भयो ।  उल्कापिण्डका संरचना पृथ्वीका ढुङ्गा भन्दा पृथक हुन्छन्।  उल्कापिण्डमा  भारी मात्रामा  फलाम  हुन्छ ।यसका अतिरिक्त अन्य केही दुर्लभ तत्व र धातु  हुन्छन्।

 उक्त ढुङ्गालाई एडमोर उल्कापिण्ड नाम दिइयो  किनभने यो एडमोर नामक स्थानमा पाइएको थियो।

पृथ्वी बाहिर अन्तरिक्षबाट पृथ्वीमा खस्न आई पुगेका वस्तुलाई उल्कापिण्ड भनिन्छ। आधुनिक विज्ञान उल्कापिण्डको अध्ययनमा अति चासो लिइरहेको छ।  उनीहरुको धारणा छ उल्कापिण्डका माध्यमले हामी पृथ्वीका अनेकौं रहस्य थाहा पाउन सक्छौं।  केही वैज्ञानिकको धारणा त यहाँसम्म पुगेको छ कि  पृथ्वीमा सर्वप्रथम पानीको आवागमन नै कुनै उल्कापिण्डबाट भएको  थियो ।  सौर्यमण्डलको पृथ्वी पारी (पृथ्वी सूर्यदेखि तेस्रो नम्बरको ग्रह हो) रहेको पहिलो ग्रह ( सूर्यबाट चौथो नम्बरको ग्रह ) मंगल र मंगलदेखि अर्को ग्रह बृहस्पतिको रिक्त स्थानका बीच लाखौंका संख्यामा खगोलीय पिण्डहरु रहेका छन्।  वैज्ञानिकहरुले यी पिण्डलाई क्षुद्रग्रह (एस्टेरॉयड ) भन्छन। यी सबै एस्टेरॉयडले पनि सूर्यको परिक्रमा गर्छन्। कहिले काही यी एस्टेरॉयड टुटेर यिनका टुक्रा पृथ्वीमा आइपुग्छन् ।  यसरी पृथ्वीमा आई पुगेका टुक्रालाई नै उल्कापिण्ड भनिन्छ।

त्यसो त पृथ्वीको माथिल्लो आकाशमा रहेको वातावरणले पृथ्वीको सुरक्षाको काम गर्छ।  अन्तरिक्षबाट आएका कुनै पनि वस्तु पृथ्वीको माथिल्लो सीमानामा आउनासाथ, त्यहाँको वातावरणमा प्रवेश गर्न साथ घर्षण भएर बल्न  थाल्छन् र पृथ्वीको सतहमा आइपुग्नुभन्दा पहिला नष्ट हुन्छन्।  तर कहिले काहीँ ठूलो आकार र संरचनाका कारण बल्दा बल्दै नष्ट हुनु पूर्व यी वस्तु पृथ्वीमा आइपुग्छन।  यिनलाई नै उल्कापिण्ड भनिन्छ।

Title Picture: https://www.popsci.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप