फिल्म ‘गोर्खे’को यस्तो छ शीर्ष गीत ‘गोर्खे, गोर्खे..’
काठमाडौं । फिल्म ‘गोर्खे’को शीर्ष गीत ‘गोर्खे, गोर्खे..’ सार्वजनिक भएको छ । गीतमा साहस शाक्यको स्वर तथा संगीत र नग्वा फिन्जु पाख्रिनको शब्द रहेको छ ।
अगामी फागुनको दोश्रो सातादेखि प्रदर्शनमा आउने कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित फिल्ममा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । गीतमा फिल्मका मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ ।
५ युवाहरुको कथा बाचन गर्ने फल्ममा रबिन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, अश्मी लामा, अश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदिप राई आदि कलाकारहरुले अभिनय गरेका छन् ।
सौरभ लामा र निरज कँडेलद्वारा छायांकन गरिएको यो फिल्मको कथा काजी लिम्बुले लेखेका हुन् । फिल्ममा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।
देशका रमणीय स्थलहरु पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंमा छायांकन भएको फिल्मका निर्देशक किम्मत गौतम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी