
युएईस्थित दूतावासको कन्सुलर सेवा अनिश्चितकालको लागि बन्द
यूएई- नेपाली दूतावास यूएईले आज मंगलबारदेखि लागू हुने गरि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द गरेको छ। दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै नियमित हुँदै आएको कन्सुलर सेवा बन्द गरिएको हो।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणिकरण लगायत अन्य कागजात प्रमाणीकरणको काम केही समयको लागि बन्द गरेको जनाएको थियो।
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर वा [email protected] मा सम्पर्क गर्न सकिने नेपाली दूतावास यूएईका उपनियोग प्रमुख एव प्रबक्ता रिता धितालले बतांइन्।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ