शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’ को छायाँकन पोखराबाट सुरु

मङ्गलबार, ०६ माघ २०७७, १२ : २४
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ को पनि छायाँकन सुरु भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय रहने फिल्मको छायाँकन केही दिन अगाडी पोखरबाट सुरु भएको हो ।
पोखरापछि फिल्मको छायाँकन मुस्ताङमा हुने निर्माता लक्ष्मण रिजालले बताए ।

फिल्ममा आर्यन र उपासनाको अलवा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतिमा राजकुमार भट्ट निर्माता रहेको फिल्मको पटकथा तथा संवाद केदार भुषालले तयार गरेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने फिल्मको निर्देशन प्रविन झाले गर्दैछन् ।

विपिका खनालको कथा रहेको फिल्ममा फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भरेका छन् । अर्को वर्ष (२०७८) को साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप