संवैधानिक इजलासमा 'चुनाव पक्षधर' रिट निवेदक पुगेपछि...
सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा बहस चलिरहँदा अधिवक्ता पुण्यप्रसाद खतिवडाले आफूले दायर गरेको रिटमाथि पनि सोही इजलासमा छलफल हुनुपर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचनमा जानु नै उपयुक्त विकल्प हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए भने सो रिटमाथि न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले कारण देखाउ आदेश जारी गरिसकेको छ ।
यही बीचमा आफ्नो पनि प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दा नै भएकाले संवैधानिक इजलासबाटै छिनोफानो हुनुपर्ने भन्दै उनी पूरक निवेदन बोकेर इजलासमा पुगेका हुन् ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुद्दा निकै अघि सकेको भन्दै उनको मुद्दालाई एकैठाउँमा राख्न मानेनन् भने उनलाई फिर्ता पठाइदिए ।
अहिले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला