
स्वयम्भुबाट एनआईसी एसियाको एटिएम मेसिन फोड्दै गरेका २ जना पक्राउ

काठमाडौँ । एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान २ः१५ मा एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीले टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।
प्रहरीले मेसिन फोड्दै गर्दा बैतडी महादेवस्थान गाउँपालिका वडा नं ५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक पक्राउ परेका हुन् । फरार रहेका शुरेस धानुक हिजो साँझ पक्राउ परेका डिएसपी विष्टले बताए ।
प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ ।
पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ