एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’
![एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’](https://rpcdn.ratopati.com/media/albums/Ncell_Main_Logo_BihBNUXFCJ.jpg)
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका लागि डिजिटल प्लेटफर्म मार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ च्याटबोट सेवा ‘माया’ सेवा सुरु गरिएको एनसेलले जनाएको छ ।
एनसेलले सुरु गरेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस्तो सेवाको सुरुवात गरेको एनसेलले जनाएको छ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत् एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासा राख्न सक्छन् । यो सेवा हप्ताको सातै दिन र चौबिसै घण्टा उपलब्ध रहेको समेत एनसेलले प्रष्ट पारेको छ ।
च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याकखरिद गर्न, भिसा कार्ड तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो राख्न सक्ने जनाइएको छ ।
एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न सदैव तयार रहेको भन्दै एनसेलले नयाँ डिजिटल सेवाले ग्राहक सेवालाई परिष्कृत गर्न मद्दत गर्ने विश्वा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा