बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

मङ्गलबार, ०६ माघ २०७७, ११ : ३८
मङ्गलबार, ०६ माघ २०७७

प्रदेश १ मा नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए । 
उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ । 

प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् । 

अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्छ । तर, राइले काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् । अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको प्रचण्ड माधव पक्षको पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ । 

त्यसका लागि प्रचण्ड माधव पक्षले नेपाली काँग्रेससँग निरन्तर छलफल गरिरहेको र काँग्रेस सकारात्मक रहेको सो पक्षका नेताहरुले बताउदै आएका छन् । प्रतिनिधि सभा विघटनसँगै प्रदेश सभामा पनि नेकपा ओली र प्रचण्ड माधव पक्षमा विभाजित छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप