शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान

मङ्गलबार, ०६ माघ २०७७, १० : ५६
मङ्गलबार, ०६ माघ २०७७

‘छोरी पढाऔंः गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिका प्रत्येकलाई प्रत्येक वर्ष रु१२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ । यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहने छ ।

यस वर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई रु १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिने समाजले जनाएको छ । 

 छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान भएको जनाइएको छ । 

यसैगरी शान्ति समाजका सभापति उत्तम पुडासैनीलगायतका तर्फबाट पनि ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप