कोरोनाविरुद्धका खोपहरु : एक डोज कि दुई डोज ?
केही घटनाहरु पहिल्यै देखापर्न शुरु गरिसकेका छन् ।
जब ८५ वर्षीय कोलिन हर्सम्यानलाई डिसेम्बरको अन्त्यतिर डोनकास्टर रोयल इन्फिरमारीमा भर्ना गरिएको थियो, उनमा मृगौलामा संक्रमणको आशंका गरिएको थियो । तर छोटो समयमै उनलाई कोभिड–१९ लाग्यो, त्यसबेला अस्पतालमा भएका चारमध्ये एक जना अस्पतालबाटै संक्रमित भइरहेका थिए । जटीलताहरु विकसित हुँदै गएपछि अन्ततः उनलाई भेन्टिलेटरमा राखियो । केही दिनपश्चात उनको निधन भयो ।
झट्ट हेर्दा हर्सम्यानको अवस्था स्पष्ट रुपमा विशिष्ट लाग्न सक्छ, तथापि यो कम त्रासद छैन । हुन पनि, यो लेखिरहँदासम्म बेलायतमा मात्रै ८४,७६७ जना मानिसहरु यो रोगबाट बच्न सकेका छैनन् । हर्सम्यानका छोराले स्थानीय एक अखबारलाई बताएरअनुसार, उनी तीन हप्ताअघि मात्रै फाइजर–बायोएनटेकका खोपको प्रारम्भिक डोज पाउने पहिलो मानिसहरुमध्येका एक थिए । खोपको दोस्रो डोज पाउन दुई दिन मात्रै बाँकी छँदा उनको निधन भएको थियो ।
वास्तवमै, धेरै भ्याक्सिनहरुले काम गर्नका लागि अतिरिक्त डोज (बुस्टरको मात्रा) लिनुपर्ने हुन्छ ।
हाम्रो रोग प्रतिरोधी प्रणाली (इम्युन सिस्टम)ले पहिलो पटक भ्याक्सिनसँग भेट्दा, यसले दुई किसिमका महत्त्वपूर्ण सेता रक्तकोषहरुलाई सक्रिय तुल्याउँछ । पहिलो, प्लाज्मा बी कोषहरु हुन्, जसले मुख्यतः एन्टीबडीहरु बनाउने काम गर्छ । दुर्भाग्यवश, यस किसिमका कोषहरु अल्पायुका हुन्छन्, तथापि खोपको दोस्रो डोज नलिएको अवस्थामा पनि तपाईंका शरीर केही हप्ताभित्रैमा एन्डीबडीहरुमा पौडी खेलिरेहका पनि हुन सक्छन् ।
उदाहरणका लागि दादुरा, गलफुला र रुबेलाको रोकथामका लागि दिइने एमएमआर खोपलाई लिऔं । बाल्यकालमा देखापर्ने ती घातक संक्रमणका विरुद्ध संसारभरिका बालबालिकाहरुलाई उक्त खोप दिइन्छ । खोपको दुई डोज पाएका ४ प्रतिशत व्यक्तिहरुको तुलनामा खोपको एक डोजमा मात्रै पाएका करिब ४० प्रतिशत मानिसहरु उक्त तीन भाइरसबाट पूर्णतः प्रतिरोधी भइसकेका हुँदैनन् । खोपको पहिलो डोज मात्रै लिएका मानिसहरु दोस्रो डोज लिनेको तुलनामा दादुराबाट संक्रमित हुने सम्भावना ४ गुना बेसी हुन्छ । एमएमआर खोपको पूरै डोज नलिएका बहुसंख्यक जनसंख्या भएका स्थानहरुमा यसअघि दादुराको महामारी फैलिएका पनि छन् ।
‘मानिसहरुले खोपको बुस्टरमा चासो राख्नु र तिनलाई अत्यन्तै महत्वपूर्ण ठान्नुको कारण तिनले तपाईंका रोग प्रतिरोधी क्षमतालाई पूर्णतः सही अवस्थामा राख्ने काम गरिरहेको हुनु पनि हो,’ इम्पेरियल कलेज लण्डनमा इम्युनोलोजीका प्रोफेसर डान्नी अल्टमन भन्छन् ।
बुस्टर भ्याक्सिनले कसरी काम गर्छ ?
हाम्रो रोग प्रतिरोधी प्रणाली (इम्युन सिस्टम)ले पहिलो पटक भ्याक्सिनसँग भेट्दा, यसले दुई किसिमका महत्त्वपूर्ण सेता रक्तकोषहरुलाई सक्रिय तुल्याउँछ । पहिलो, प्लाज्मा बी कोषहरु हुन्, जसले मुख्यतः एन्टीबडीहरु बनाउने काम गर्छ । दुर्भाग्यवश, यस किसिमका कोषहरु अल्पायुका हुन्छन्, तथापि खोपको दोस्रो डोज नलिएको अवस्थामा पनि तपाईंका शरीर केही हप्ताभित्रैमा एन्डीबडीहरुमा पौडी खेलिरेहका पनि हुन सक्छन् ।
दास्रोमा टी सेलहरु पर्छन्, जसमध्ये प्रत्येक कोषहरु निश्चित किसिमका हमलाकारी किटाणुहरुलाई पहिचान गर्न तथा नष्ट गर्न तालिम प्राप्त हुन्छन् । तीमध्ये केही, मेमोरी टी सेलहरु हुन्छन्, जुन आफ्ना लक्ष्यको खोजीमा शरीरभित्र दशकौंसम्म भौंतारिइरहेका पनि हुन सक्छन् । त्यो भनेको खोप वा संक्रमणबाट शरीरमा पैदा भएका प्रतिरोधी क्षमता जीवनपर्यन्त रहिरहन पनि सक्छ । तर महत्त्वपूर्ण कुरा के छ भने त्यस किसिमका कोषहरु खोप वा संक्रमणसँगको दोस्रो जम्काभेटभन्दा अगाडि धेरै मात्रामा तयार हुँदैनन् ।
अरुबेलाभन्दा अहिले यसको जवाफ सबैभन्दा जरुरी भएको बेला, विशेष गरेर बेलायत सरकारले अहिले स्वीकृत प्रदान गरिएका कोभिड–१९ भयाक्सिनका दोस्रो डोजलाई ३–४ हप्तादेखि १२ हप्तासम्म ढिला गरी प्रदान गर्ने निर्णय गरेको छ । उता रुसले पनि स्पुत्निक पाँचौं भ्याक्सिनको ‘स्पुत्निक–लाइट’ नाम दिइएको एक डोज वाला परिमार्जित खोपमाथि परीक्षण गरिरहेका छन् । तर यो पनि आश्यर्चजनक रुपमा नै जटील छ ।
त्यसैले खोपको बुस्टर डोज भनेको एन्टिजेनहरु अर्थात् किटाणका अणु हुने (मोलिक्युल) हरुसँग शरीरलाई पुन सामना गराएर मेमोरी सेलहरुको जवाफलाई सक्रिय तुल्याउनु नै हो । ‘तपाईंले यी हास्यास्पद चीजहरुलाई हिर्काउनु भएको छ,’ अल्टमन भन्छन्, ‘जसले गर्दा जब तपाईंले बुस्ट गर्नुहुन्छ, तपाईसँग उच्च डोजमा मेमोरी टी सेलहरु हुन्छन् र करिब करिब एक प्रकारले मेमोरी बी सेलहरुको पोखरी नै तपाईसँग हुने गर्छ । साथै, तिनीहरुले उच्च गुणस्तरका एन्टीबडीहरु पनि निर्माण गर्ने गर्छन् ।’
उही भ्याक्सिन वा किटाणुसँगको दोस्रो जम्काभेटपछि, पहिले नै रहेका बीसेलहरु तीब्र रुपमा विभाजित हुन र पहिलेका खतराबारे प्रतिरोधी प्रणालीलाई सतर्क तुल्याउन सफल हुन्छन्, जसले गर्दा एन्टीबडीहरु शरीरमा प्रवाह तुल्याइहाल्ने कामका बृद्धि हुन पुग्छ ।
दोस्रो डोजले शरीरमा बी सेल म्युटेसनको प्रक्रियालाई सक्रिय तुल्याउने काम पनि गर्छ । यसमा निश्चित किसिमका किटाणुहरुमा गएर टाँसिन सक्ने खालका उत्कृष्ट क्षमता भएका कोषहरुलाई छान्ने काम पनि सम्पन्न भइरहेका हुन्छन् । यो काम सेतो रक्तकोष बन्ने हड्डीको मासीमा भएकै बेला सम्पन्न हुने गर्छ र त्यसपछि त्यो रक्तकोषको विकासक्रम पूरा हुनको लागि फियो (स्प्लिन)मा आइपुग्ने गर्छ । यसको अर्थ के हो भने त्यसपछि बी सेलहरुको संख्यामा मात्रै बृद्धि हुँदैन, तिनले अझ प्रभावकारी एन्टिबडीहरु पनि उत्पादन गर्ने गर्छन् ।
यसबीचमा मेमोरी टी सेलहरु पनि अत्यन्तै तीब्र रुपमा बृद्धि हुने गर्छन् । तिनीहरुले अहिलेको महामारीको बेलामा केही मानिसहरुमा संक्रमणलाई गम्भीर कोभिड–१९ मा परिणत हुन नदिएर अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको विश्वास गरिन्छ । सन् २०१९ को डिसम्बरमै संसारभरिमा कोरोनाभाइरस फैलिरहेको हुन सक्छ, तर केही यस्ता प्रमाणहरु पनि छन्, जसले उनीहरुले पहिल्यै सामान्य रुघाखोकी लगाउने जस्ता कोरोनाभाइरसँग सामना गरिसकेका पनि हुन सक्छन्, जसले उनीहरुको मेमोरी टी सेलले कोभिड–१९ लाई पहिचान गर्न सक्यो ।
कोभिड–१९ खोपको एक डोज कतिको प्रभावकारी हुन सक्छ ?
अरुबेलाभन्दा अहिले यसको जवाफ सबैभन्दा जरुरी भएको बेला, विशेष गरेर बेलायत सरकारले अहिले स्वीकृत प्रदान गरिएका कोभिड–१९ भयाक्सिनका दोस्रो डोजलाई ३–४ हप्तादेखि १२ हप्तासम्म ढिला गरी प्रदान गर्ने निर्णय गरेको छ । उता रुसले पनि स्पुत्निक पाँचौं भ्याक्सिनको ‘स्पुत्निक–लाइट’ नाम दिइएको एक डोज वाला परिमार्जित खोपमाथि परीक्षण गरिरहेका छन् । तर यो पनि आश्यर्चजनक रुपमा नै जटील छ ।
खोपका बारेमा हालसम्म हामीले जानेका कुराहरु यस्ता छन् :
फाइजर–बायोएनटेक
फाइजरले डिसेम्बर २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार उसको खोपको पहिलो डोज मोटामोटी ५२ प्रतिशत मात्रै प्रभावकारी छ । ३६,५२३ सहभागीहरुमा गरिएको तेस्रो चरणको परीक्षणको अन्तिम अवस्थामा सहभागीहरुले २१ दिनको फरकमा या त खोपको पूरा डोज (निर्धारित दुवै डोज) पाए, या त प्लेसिवो (वास्तविक खोप नभई खोप भनेर दिइएका स्लाइन अन्य तरल पदार्थ) पाए । संक्रमणका कुनै लक्षणहरु विद्यमान नभएका ती सहभागीहरुमध्ये प्लेसिवो समूहका ८२ जनामा र भ्याक्सिन पाएका समूहका ३९ जनामा कोभिड–१९ का लक्षणहरु विकसित भएका थिए ।
यद्यपि यो प्रारम्भि चरणको प्रतिरोधी क्षमता पहिले नै आँकलन गरिएका केही चुनौतीहरुसहित प्राप्त भएका छन् । पहिलो त, यो सुरक्षा खोप लगाइएको १२ दिनसम्म नआउन पनि सक्छ, त्यसबेलासम्म ती दुई समूहमा खासै फरक थिएन । दोस्रो, खोपको एक मात्रै डोज निर्धारित दुई डोजको तुलनामा कम सुरक्षा प्रदान गर्ने खालका छन् । दुई डोजको खोप लगाएको एकहप्तापछि त्यो ९५ प्रतिशतसम्म प्रभावकारी हुने देखिएको छ ।
तर इन्टरनेटमा केही डाक्टरहरुबाट समेत आफ्ना विरामीहरुलाई के भनिँदै आइएको छ भने उक्त खोपको पहिलो डोज नै करिब ९० प्रतिशत प्रभावकारी छ । यहाँनेर आएर यो कुरा अलि जटील बनिदिन्छ ।
दोस्रो अनुमान बेलायतको भ्याक्सिन कमिटी जेसीभीआइबाट आयो, जसले भ्याक्सिनको प्रभावकारितालाई फरक ढंगले गणना गर्ने निर्णय गर्यो । खोपको पहिलो डोजले काम गर्न शुरु नगरेको दिनहरुदेखिका संक्रमणका संख्याबारेका सबै तथ्यांकहरुलाई प्रयोग गर्नुको साटो उनीहरुले १५–२१ दिनका तथ्यांकहरुलाई मात्रै केलाए । यो तरिकामा भ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशतसम्म माथि गएको देखियो । यसो हुनुको कारण भ्याक्सिनको प्रभाव शुरु हुनुभन्दा पहिले रहेको सापेक्षित उच्च संख्याको संक्रमणका संख्यासँग यसलाई मिसाउने काम वा अन्तरघुलन गरिएन । अझ त्योभन्दा अघि बढेर दोस्रो डोजको खोप लिइएको पहिलो सात दिन (२१–२८ दिन)का कुराहरुलाई मात्र हेर्दा त्यो प्रभावकारिता ९२ प्रतिशत देखियो, जबकि त्यसबेलासम्म दोस्रो डोजले काम गर्न थालिसकेकै थिएन ।
यद्यपि, यी गणनाहरु विवादास्पद छन् ।
‘न्यू इङ्गल्याण्ड मेडिकल जर्नल अफ मेडिसिनमा छापिएका फाइजरको १४ दिनभन्दा अगावै वास्तविक फाइदा पुग्ने जस्तो देखिने पेपरमा देखाइएका ग्राफमा यतिखेर आम जनताले धेरै चासो राखेको छन्,’ अल्टमन भन्छन् । ‘यो त्यहाँ हो, जहाँ प्लेसिबो समूह र भ्याक्सिन लिने समूहबीचको रेखाहरु पूर्णतः फरक छन्, र प्लेसिबो समूहमा केस हट्दै गइरहेको देखिन्छ । तर त्यहाँ निश्चितै रुपमा प्रत्यक्ष रुपमा इम्युन रेस्पोन्सलाई नापिएको छैन, खालि कति जना मानिस संक्रमित भएका छन् भन्ने कच्चा तरिका मात्रै प्रयोग गरिएका छन्,’ अल्टमन व्याख्या गर्दै के भन्छन् भने उनी आफू चाहिँ खोपको पहिलो डोज लगाएको १४ दिनपछि मानिसहरुले आफूलाई सुरक्षित छ भन्ने ठानोस् भनेर सल्लाह दिन चाहँदैनन् । ‘त्यो ग्राफ भनेको फगत केही भइरहेको छ भन्ने कुरालाई चित्रित गर्ने कुरा मात्रै हो,’ उनी भन्छन् ।
अक्सफोर्ड–एस्ट्राजेनेका
अक्सफोर्डको एक्स्ट्राजेनेका भ्याक्सिनका हकमा कुराहरु अलि फरक छन् । जनवरीमा प्रकाशित एक रिपोर्टमा लेखकहरुले उक्त भ्याक्सिनको कम्तिमा एउटा स्टाण्डर्ड डोजले ६४.१ प्रतिशत सुरक्षा प्रदान गर्ने उल्लेख गरेका छन् । यसको तुलनामा दुई पूर्ण डोजले ७०.४ प्रतिशत र आश्चर्यजनकरुपमा शुरुमा आधा डोज र दोस्रोमा पूर्ण डोज दिँदा ९० प्रतिशत सुरक्षा प्रदान गर्ने पाइएको थियो ।
यसबीच, अप्रकाशित तथ्यहरुका आधारमा भ्याक्सिन कमिटीले पहिलो खोप लगाएको तीन हप्तादेखि ९–१२ हप्तासम्ममा गम्भीर रोगका ७० प्रतिशत केसहरुलाई पन्छाएको अनुमान गरेका छन् ।
तेस्रो चरणको परीक्षणको बेला पहिलो र दोस्रो डोजको बीचमा दुई फरक खाली समय राखिएका थिए : एउटा ६ हप्ताको र अर्को एउटा चाहिँ १२ हप्ताको । यस आधारमा अलि सुनिश्चितताका साथ यो भन्न सकिन्छ कि खोपको पहिलो डोजले खोपको दोस्रो बुस्टर डोज लिनुभन्दा अगाडि केही महिनासम्म लगातार थोरबहुत सुरक्षा प्रदान गर्न सक्छ ।
मोर्डना
एफडीए (फेडरल ड्रग एडमिनिस्ट्रेसनमा कम्पनीले पेश गरेका कागजातका अनुसार, मोर्डनाले एक डोजपश्चात ८०.२ प्रतिशत सुरक्षा प्रदान गर्न सक्छ । (यो १८ देखि ६५ वर्षसम्म उमेरसमूहका मानिसको हकमा हो र ६५ वर्षमाथिको उमेर समूहकामा यो सुरक्षा ८६.४ प्रतिशत छ ।) फाइजर भ्याक्सिनको हकमा तेस्रो चरणको परीक्षणमा सहभागी सबैलाई एउटा समयावधिमा (२८ दिनभित्र) खोप वा प्लेसिवोका दुई डोज दिइएको थियो । यो स्थितिमा एक डोजको खोपबाट पैदा भएको प्रतिरोधी क्षमता निरन्तर कायम रहन्छ वा यो अवस्था पश्चात् खस्केर जान्छ भन्ने बारे अझै भन्न सकिन्न ।
कोरोनाभ्याक
कोरोनाभ्याक चीनको बेइजिंगस्थिति बायोफर्मास्युटिकल्स कम्पनी साइनोभ्याकले विकसित गरेको हो । खोपको यो संस्करण अस्वभाविक छ र विभिन्न मुलुकहरुमा अलग अलग गरिएका परीक्षणहरुमा फरक नतिजाहरु पनि आएका छन् ।
यो खोपको प्रभावकारिता ८६ प्रतिशत छ भनेर दावी गर्ने पहिलो मुलुक संयुक्त अरब इमिरेट थियो । टर्कीमा गरिएको अनुसन्धानमा खोपले प्रदान गर्ने सुरक्षा ९१.२५ प्रतिशत थियो भने इण्डोनेशियामा वैज्ञानिकहरुले यसको प्रभावकारिता ६५.३ प्रतिशत भनेर जनाएका थिए । उता ब्राजिलको साओ पाउलोस्थित बुटानटान इन्स्टिच्यूटले घोषणा गरेअनुसार यो खोपले ५०.४ प्रतिशत मानिसहरुमा लक्षण विकसित हुनबाट जोगाएको थियो । अहिलेसम्म यस खोपको एक डोजको प्रभावकारिताबारे कुनै तथ्यहरु प्रकाशित भएका छैनन् र माथि उल्लेख गरिएका तथ्यहरु १४ दिनको फरकमा दिइएका २ डोजको खोपको नतिजामा आधारित छन् ।
यो नतिजा सामान्यतः पियर रिभ्यू भएका जर्नलमा प्रकाशित गर्नुको सट्टा प्रेस रिलिजको माध्यबाट प्रकाशित गरिएको कारण केही शंकाका नजरले हेरिने गरिएको छ । परीक्षणका विधि र संकलन गरिएका तथ्यांकबारे थप जानकारीहरुमा पहुँच नभएका कारण नतिजाको वैधानिकताबारे वैज्ञानिकहरुलाई आफ्नै मूल्यांकन तय गर्न पनि गाह्रो छ ।
स्पुत्निक पाँचौं
यो खोपको नाम संसारकै पहिलो कृत्रिम भूउपग्रहको नाममा राखिएको छ । अक्टोबर १९५७ मा पृथ्वीको तल्लो कक्षमा परिक्रमा गर्ने यो उपग्रह तीनमहिनापछि ब्याट्री सकिएपछि नष्ट भएको थियो । यो खोप रुसको मस्कोस्थिति गामालेय रिसर्च इन्स्टिच्यूट अफ इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीमा विकसित गरिएको हो ।
अन्य खोपहरु जस्तै, यो खोपको पनि दुई डोज निधारण गरिएको छ र यो दुई डोजपश्चात यसको प्रभावकारिता प्रारम्भिक रुपमा ९१.४ प्रतिशत रहेको देखिएको छ । यसको एक डोजको प्रभावकारिताको बारेमा सार्वजतिक जानकारीहरु उपलब्ध छैनन् ।
यो नतिजा अहिलेसम्म पियर–रिभ्यु भएका जर्नलमा प्रकाशित नभएको कारण यो भरपर्दो नहुन पनि सक्छ । वासिङ्गटन पोष्टमा प्रकाशित एक रिपोर्टअनुसार मुलुकमा तीब्र रुपमा बढ्दो कोभिड–१९ का संख्याका बाबजूद थुप्रै रुसीहरुले खोपलाई शंकाको नजरले हेर्ने गरेका छन् । डिसेम्बरमा खोप बाहिर आइसकेको पहिलो हप्तामा क्लिनिकका प्रतीक्षा कक्षहरु आधाजसो खाली हुने गरेका थिए ।
हालसालै मात्रै रुसी सरकारले आफूहरुले कोरोनाविरुद्धको खोपको नयाँ संस्करण ‘स्पुत्निक–लाइट’को विकास गरिरहेको घोषणा गरेको छ । यो मूल खोपको अस्थायी समाधान मात्रै हो । यो खोप एक डोजवालाको रुपमा वितरण हुनेछ तर यो कत्तिको प्रभावकारी हुनेछ भन्ने कुरा अहिले प्रष्ट छैन ।
पूर्व–क्लिनिकल परीक्षणहरुको देखाएका नतिजाका आधारमा खोपको पहिलो डोजले मात्रै पर्याप्त मात्रामा प्रतिरोधी आउँछ भन्ने कुरा सोच्न सकिन्नँ,’ वाल्टर्स भन्छिन् । त्यसैगरी, तेस्रो चरणका परीक्षणहरुमा पनि, पहिलो खोपको डोज लिइएको अवस्थामा भन्दा दोस्रो डोज लिइएकाहरुको रगतमा टीसेलहरु र एन्टिबडीहरु बढी फेला परेका थिए ।
भ्याक्सिनको एक डोज पाएपछि के तपाईं ढुक्क हुन सक्नुहुन्छ ?
‘म चाहिँ आफूले खोप पाएकै छैन भन्ने हिसाबले व्यवहार गर्छु,’अल्टमन भन्छन्, ‘म मेरा सुरक्षाका उपायहरुलाई छाड्ने छैन वा फरक हिसाबले केही गर्ने छैन ।’
युनिभर्सिटी अफ सुर्रेमा इम्युनोलोजीका प्रोफेसर डेब्रोह डुन–वाल्टरर्स मानिसहरुले कस्तो व्यवहार गर्नुपर्छ भन्ने बारेमा अस्पष्ट छन् । ‘त्यसका लागि केही कारणहरु छन्,’ उनी भन्छन्, ‘एउटा त तपाई पूर्ण रुपमा सुरक्षित हुन गइरहनु भएको छैन । र, अर्को चाहिँ तपाईंले खोप लगाउनु भएको छ भन्दैमा तपाईंलाई संक्रमण हुँदैन र तपाईंबाट यो सर्दैन भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण छैन ।’
वाल्टर्स आफ्ना कुराहरुलाई व्याख्या गर्दै भ्याक्सिनको मूल्यांकन मूलतः त्यसले मानिसहरुलाई भाइरसले संक्रमित तुल्याउँछ कि तुल्याउँदैन भन्ने भन्दा पनि त्यसले मानिसहरुमा लक्षण देखिन्छन् कि देखिँदैनन् भन्ने कुराको आधारमा गरिएको छ । ‘र हामीलाई थाहा छ कि लक्षणरहितको संक्रमण पनि हुन सक्छ,’ उनी भन्छिन् । अहिले उपलब्ध भ्याक्सिनका एक वा भनौं दुई डोजले पनि मानिसले भाइरस सार्नबाट रोक्छ भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण छैन ।
खोपको दोस्रो डोज नलिँदा हुन्छ ?
पूर्व–क्लिनिकल परीक्षणहरुको देखाएका नतिजाका आधारमा खोपको पहिलो डोजले मात्रै पर्याप्त मात्रामा प्रतिरोधी आउँछ भन्ने कुरा सोच्न सकिन्नँ,’ वाल्टर्स भन्छिन् । त्यसैगरी, तेस्रो चरणका परीक्षणहरुमा पनि, पहिलो खोपको डोज लिइएको अवस्थामा भन्दा दोस्रो डोज लिइएकाहरुको रगतमा टीसेलहरु र एन्टिबडीहरु बढी फेला परेका थिए ।
फाइजरका प्रमुख कार्यकारीका रुपमा अल्बर्ट बोउर्लाले गत डिसेम्बरमै ‘खोपको दोस्रो डोजले प्रतिरक्षालाई दोब्बर बढाउने भएकोले त्यसलाई पन्छाउनु ठूलो गल्ती हुने’ उल्लेख गरेकी थिइन् ।
त्यसो त फाइजर र बायोएनटेकले पनि पहिल्यै आफ्ना तथ्यांकहरु २१ दिनमा आएर सकिने भएको र ‘खोपको पहिलो डोजबाट प्राप्त प्रतिरक्षा २१ दिनपछि पनि कायमै रहन्छ भन्नेबारे पुष्टि गर्ने कुनै तथ्यांक नभएको तथ्यबारे सचेत गराइसकेका छन् । खोपबाट प्रतिरक्षा प्राप्त भएको देखिएका मानिसहरुमा अचानक त्यो गुम्न पनि सक्छ । सामान्यतः शरीरको रोग प्रतिरक्षा प्रणालीले काम गर्ने तौरतरिकाहरुको सन्दर्भमा यो आश्चर्यजनक होइन पनि ।
भरपर्दो ढंगले खोपको पहिलो डोजले कति लामो समयसम्म प्रतिरक्षा प्रदान गर्छ वा टिक्छ भन्ने कुरा भनिहाल्न यसकारण पनि कठिन छ कि कोभिड–१९ का स्वीकृति प्रदान गरिएका खोपहरु नितान्त नयाँ प्रविधिमा पनि आधारित छन् ।
अक्सफोर्ड–एस्ट्राजेनेका र स्पुत्निक–पाँचौं भ्याक्सिनहरु एडेनोभाइरसका परिवर्तित संस्करणहरुमा आधारित छ । यी भाइरसहरु भाइरसका त्यस्ता समूह हुन्, जुन विभिन्न किसिमका कोषहरुमा विभाजित हुन सक्छन् र श्वासप्रश्वासमा संक्रमण लगायत थुप्रैथरिका बिरामीहरु लगाउन सक्छन् । अक्सफोर्डको भ्याक्सिनमा चिम्पान्जीबाट लिइएका एडेनोभाइरस प्रयोग गरिएका छन् भने रुसी भ्याक्सिनमा मानिसलाई संक्रमित तुल्याउने एडेनोभाइरसका दुई किसिमलाई समावेश गरिएको छ ।
ती भाइरसहरुलाई भ्याक्सिनको लागि सुरक्षित तुल्याउनका परिवर्तन गरिएको छ ताकि तिनले शरीरभित्र प्रवेश पाएपछि कोषहरुभित्र आफैं आफ्ना प्रतिलिपिहरु बनाउन नसकुन् । यिनीहरुमा भाइरसको सतहमा पाइने स्पाइक प्रोटिनलाई पहिचान गर्ने गरी जानकारीहरु समावेश गराइएका कारण शरीरलाई कोरोनाभाइरसको पहिचान गर्नको लागि सिकाउन सक्षम तुल्याएको छ ।
त्यसो त एडेनोभाइरसहरु वर्षौंदेखि क्यान्सरको भ्याक्सिन तथा जीन थेरापीमा प्रयोग हुँदै आएको छ, तर तिनीहरुलाई यसअघि भाइरसजन्य संक्रमण रोक्नका लागि इबोला भ्याक्सिनमा मात्रै उपयोग गरिएका छन् । यो तरिकाको प्रयोग गर्नको लागि अमेरिकामा सन् २०१९ को डिसेम्बरमा मात्रै स्वीकृति प्रदान गरिएको थियो ।
प्रतिरोध क्षमता विकसित हुनका लागि समय लाग्छ भन्ने कुरा अवगत गराउन डुन–वाल्टर्स उत्कट अभिलाषी छन्– कुनै पनि कोभिड–१९ भ्याक्सिनको चाहे एक डोज मात्रै किन नहोस्, तिनले पनि विस्तारै प्रतिरक्षा प्रदान गर्न सक्छ तर पहिलो केही हप्ताहरुमा तपाईंसँग त्यो शुरुवाती दिनहरुको भन्दा बढी चाहिँ हुने छैैन ।
अर्कोतिर मोर्डना र फाइजर–बायोएनटेकका भ्याक्सिनहरु अझ उन्नत छन् । तिनीहरु एमआएरएन (मेसेन्जर आरएनए) प्रविधिमा आधारित छन् र तिनले पनि एडेनोभाइरसमा आधारित खोपहरुले जस्तै कोभिड–१९ का सतहमा हुने स्पाइक प्रोटिनलाई पहिचान गरेर काम गर्छन् । यिनीहरु मात्रै अहिलेसम्म मानिसमा प्रयोग गर्न अनुमति प्राप्त एमआरएन भ्याक्सिनहरु हुन् ।
यिनीहरुलाई तुलना गर्नका लागि अरु एमआरएन भ्याक्सिनहरु नभएका कारण संसार अहिलेसम्म अज्ञात क्षेत्रमै छ । बोस्टन युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रोफेसर रोनाल्ड कोर्लेले विश्वविद्यालयका न्यूज म्यागेजिनको अन्तर्वार्तामा उल्लेख गरेअनुसार, थाहा नभएका थुप्रै कुराहरु छन्, जस्तो कि तिनीहरुले फरक जातीयता भएका मासिनहरु राम्ररी काम गर्ला कि नगर्ला वा कति लामो समयसम्म प्रतिरोधी क्षमता टिक्ला भन्ने जस्ता कुराहरु स्पष्ट छैन ।
कोरोनाभ्याक भर्सनमा निस्क्रिय तुल्याएका कोरोनाभाइरसका कणहरु प्रयोग गरिएका हुन्छन् । यो तरिका कम अस्वभाविक छ किनभने भ्याक्सिनमा मृत किटाणुको प्रयोगको अभ्यास १९ औं शताब्दीको अन्त्यतिरदेखि प्रचलनमा छ । तर यसले पैदा गर्ने प्रतिरक्षा पनि कति लामो समयसम्म टिक्छ भन्ने कुरा प्रष्ट छैन किनभने अहिलेको महामारीभन्दा पहिले यो भाइरस समूहबाट निर्माण गरिएका भ्याक्सिनहरु अहिलेसम्म प्रयोगका लागि स्वीकृत भएका छैनन् ।
प्रतिरोध क्षमता विकसित हुन समय लाग्छ
प्रतिरोध क्षमता विकसित हुनका लागि समय लाग्छ भन्ने कुरा अवगत गराउन डुन–वाल्टर्स उत्कट अभिलाषी छन्– कुनै पनि कोभिड–१९ भ्याक्सिनको चाहे एक डोज मात्रै किन नहोस्, तिनले पनि विस्तारै प्रतिरक्षा प्रदान गर्न सक्छ तर पहिलो केही हप्ताहरुमा तपाईंसँग त्यो शुरुवाती दिनहरुको भन्दा बढी चाहिँ हुने छैैन ।
‘हाम्रो प्रतिरक्षा प्रणालीमा इननेट इम्युनिटी (innate immunity) भनिने हिस्सा हुन्छ, जसले तुरुन्तै जवाफ फर्काउँछ,’ डुन–वाल्टर्स भन्छिन् । यसले संक्रमणलाई हाम्रो छालाजस्तै एउटा भौतिक पर्खाल खडा गरेर छेकिदिन्छ, जसमा रक्तकोषहरु र रासायनिक संकेतहरु हुन्छन् । वाल्टर्सका अनुसार, तर तिनले रोगलाई आफैं पन्छाउन वा लाग्न नदिन सक्दैन, र यिनीहरु भ्याक्सिनबाट पनि प्रभावित हुँदैनन् । ‘त्यहीकारण साथसाथै तपाईंलाई अनुकूल प्रतिरक्षा पनि चाहिन्छ । तर समस्या के हो भने यसको नाम जस्तै यो अनुकूल बन्ने खालका हुन्छन्, यसले किटाणुले पैदा गरेका चुनौतीहरुलाई पनि ग्रहण गर्न सक्छन् ।’
भ्याक्सिन प्रभावकारी हुनका लागि तिनले हाम्रो शरीरलाई धेरैभन्दा धेरै प्रतिरक्षा कोषहरु बनाउन उत्प्रेरित गर्नुपर्छ– जसमध्ये केहीले बदलामा एन्टिबडीहरु बनाउन थाल्छन् । ‘र, यसको लागि समय लाग्छ,’ डुन–वाल्टर्स भन्छिन् ।
यसकारण पनि कोरोनाविरुद्धको खोप आउनु रोमान्चकारी त छ, तर यस्तो प्रतीत हुन्छ, अधिकांश हामीले जनजीवन सामान्य अवस्थामा फर्कनुपूर्व लामो समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित