शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

मङ्गलबार, ०६ माघ २०७७, ०९ : २१
मङ्गलबार, ०६ माघ २०७७

भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । 


९ मृतकको पहिचानः

प्रहरीका अनुसार मृतकमध्ये ९ जनाको पहिचान गरिएको छ । मृत्यु हुनेमा २ वर्षकी बालिका र एक वर्षका बालक पनि समावेश छन् । यस्तै ६ महिनाको बालिकाको भने ज्यान बचेको छ । उनी आमाबुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि शवको बीचबाट बालिका रोएको आवाज सुनेर प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको छ । बालिकाका आमा–बुवाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप