मिनिषा लाम्बाले खोलिन् आफ्नो नीजि जीवनको राज, बताइन् किन गरेकी थिइन् सम्बन्धविच्छेद ?
नायिका मिनिषा लाम्बा पछिल्लो डेढ दशकदेखि फिल्मी दुनियाँमा सक्रिय छिन् । जिमी शेरगिलसँग फिल्म ‘यहां’ बाट उनले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । नायिकाले आफ्नो १५ वर्षको लामो करियरमा थुप्रै फिल्ममा काम गरेकी छिन् । यद्यपि, मुख्य नायिकाको रुपमा उनी कमै देखिइन् ।
मिनिषा लाम्बा सोसल मिडियामा निकै सक्रिय रहन्छिन् र थुप्रै पटक उनी बोल्ड तस्बिर सेयर पनि गर्ने गर्छिन् । सन् २०२० मा उनी आफ्नो नीजि जीवनका लागि चर्चामा रहेकी थिइन् । उनले रेष्टुरेन्ट व्यवसायी रयान थामसँग सन् २०१५ मा विवाह गरेकी थिइन् । तर यो विवाह ५ वर्ष मात्रै चल्न सक्यो । सन् २०२० मा उनीहरुको सम्बन्धविच्छेद भयो । हालै दिएको अन्तर्वार्तामा उनले आफ्नो नीजि जीवनबारे कुरा गरेकी छिन् ।
मिनिषा लाम्बाले टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा भनिन्, ‘जीवन चलिरहन्छ र सबैभन्दा महत्वपूर्ण कुरा भनेको खुसी हुनु हो । यदि सबैकुरा राम्रो चलिरहेको छैन भने अलग्गिनु नै राम्रो हुन्छ । आज हामीसँग विकल्प छन् । अलग हुँदा आफूले गल्ती गरेको जस्तो हुँदैन ।’
उनी थप्छिन्, ‘हरेक व्यक्तिलाई प्रेम गर्ने छुट छ । प्रेमलाई पागलपनसम्म निभाउन पनि छुट छ । को महिलालाई प्रेम गर्न मन लाग्दैन होला । केही मानिसहरुको जीवनमा प्रेमको सन्दर्भमा खराब अनुभव पनि भएका होलान् । तर यदि प्रेम तपाईंको ढोकासम्म आफैं आइपुगेको छ भने ती महिलाले पनि आफ्नो मुटुको ढोका खोलेर प्रेम स्विकार गर्न पाउने अधिकार पनि छ ।’
स्मरण रहोस्, मिनिषा लाम्बाले एक वक्तव्य जारी गरेर सन् २०२० मा आफ्नो सम्बन्धविच्छेद बारे जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘म र रायन आपसी सहमतिले अलग्गिँदै छौं । कानूनी रुपमा पनि प्रक्रिया पूरा भइसकेको छ ।’
कामको कुरा गर्नुपर्दा मिनिषा लाम्बा इमरान खानको फिल्म किडन्यापमा देखिएकी थिइन् । यसबाहेक उनी रणबीर कपुरको फिल्म बचना ए हसिनोको हिस्सा पनि रहेकी थिइन् । हाल उनी कुनै फिल्मको हिस्सा रहेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न